अस्कलका अखिल नेता जोशी खतरा मुक्तः प्रहरीमा किटानी उजुरी दर्ता

प्रतिरोधमा उत्रिने अखिलको चेतावी, क्रान्तिकारीले लिएन जिम्मा

काठमाडौं । क्याम्पस कम्पाउण्डमा एक्लै रेहेको बेला पछाडिबाट रड प्रहारभएपछि गम्भिर घाइते हुन पुगेका एमाले अखिल संवद्ध विद्यार्थी नेता कमल जोशीको अवस्था खतरामुक्त रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल श्रोतले जनाएको छ । हिजो भएको उक्त आक्रमणबाट घाइते हुन पुगेका जोशीको टाउँकोमा गम्भिर चोट लागेको र दुई ठाउँमा टाका लगाइएको अस्पताल श्रोतले बताएको छ ।

हरपल नेपाल डटकमले घाइते जोशीको बारेमा जानकारी माग्दा अस्पतालले उनको टाउँको,ढाँड र अन्य ठाउँमा चोट लागेको भएपनि सिटि स्क्यानको रिपोर्ट हेर्दा खतरामुक्त देखिएको भन्दै केही समय बेड रेस्ट गर्नुपर्ने बताएको छ ।

हिजो उनीमाथि आक्रमण भएपछि उपचारका लागि तत्काल अस्पताल पुगाइएको थियो । आक्रमणको विरोध गर्दे अखिलका महासचिव ऐन महरले प्रेस विज्ञप्ति मार्फत उक्त घटना माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले घटाएको आरोप लगाए पनि क्रान्तिकारीले भने अझै त्यसको जिम्मा लिएको छैन ।

अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले अस्कलमा भएको उक्त घटनामा आफ्ना संगठनलाई अनावश्यक रुपमा जोडिएको भन्दै त्यसमा क्रान्तिकारीको संलग्नता नरहेको बताए । उनले त्यो अखिल भित्रकै आन्तरिक अन्तविरोधका कारण भएको तर्क गरे ।

हरपल नेपालसँग कुरा गर्दे अखिल उपाध्यक्ष सुनिता वरालले भनिन–‘केही संगठनहरु सत्ताको आडमा क्याम्पसमा गुण्डागर्दिको संस्कार विकास गर्दे छन, हामी संयमित हुदै प्रशासनले दोषिलाई कार्वाही गरोस भन्ने चाहीरहेका छौ । तर हाम्रो कुरा प्रशासनले सुनेन भने त्यो ठिक हुदैन ।’

उक्त घटनाको विरोध गर्दै अखिलले अहिले बिहान ९ बजे अस्कल क्याम्पसमा विरोध सभाको आयोजना गरेको छ । अखिलका नेताहरुले मंञ्चबाट भने–‘सत्ताको आडमा हतियार सहित आक्रमणमा आएकालाई हामीले पनि चिनेका छौ । हामी संयमित रुपमा प्रशासनले आक्रमणकारीलाई कार्वाही गरोस भन्ने चाहन्छौ । त्यसो नभएमा प्रतिरोधमा उत्रिनुको विकल्प हुदैन ।’

हरपल नेपालसँग कुरागर्दै अखिल महासचिव ऐन महरले अहिले सोह्रखुट्टे स्थित प्रहरी वृतमा अखिलका नेताहरु पुगेर उक्त घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन आग्रह गरेको बताए । उनका अनुसार अखिलले उक्त घटनामा संलग्न रहेको आरोप लगाउदै अखिल क्रान्तिकारी संवद्ध युवाहरुको नाममा किटानी जाहेर गरेको छ ।

अखिलले क्रान्तिकारीका विकाश राई,रमेश खनाल,कवि राना, निमा सिंह लगायतका व्यक्तिहरुको नाममा किटानी उजुरी गरेको जनाएको छ । उननीहरुले प्रशासनबाट आक्रमणमा संलग्नहरुलाई कारवाही नगरिए सिंगो अखिल प्रतिरोधमा उत्रिने चेतावनी समेत दिएका छन ।

क्याम्पस हाताभित्र भएको उक्त घटना दुखत भएको भन्दै क्याम्पस प्रशासनले समेत विज्ञप्ति मार्फत घटनाको विषयमा अध्ययन गरी दोर्षीलाई कार्वाही गर्न प्रशासन समक्ष माग गरेको छ ।

अस्कलमा घटेको उक्त घटनाबारे हरपल नेपालमा प्रकाशित यो समाचार पनि …. www.harpalnepal.com/2017/03/3262