राप्रपाको प्रदर्शनमा प्रहरी र कार्यकर्ताबीच झडप

केही प्रदर्शनकारी घाइते

काठमाडौं । आज काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )ले विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा गरेको प्रदर्शनमा प्रहरी र कार्यकर्ता बिच झडप भएको छ । 

प्रहरीसँगको झडपमा परी केही घाइते भएका छन्। झडपपछि त्यहाँको अवस्था केहीबेर तनाबमा रहेको थियो ।

निर्वाचन आयोग भवन घेराउ गर्न गएको राप्रपाको ठूलो आक्रोसित समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि त्यो झडप भएको प्रहरीले जनाएको छ।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले अनुरोध अशुग्यास प्रहार भएको हरपल नेपालसँग बताएको छ।

प्रहरीको अश्रुग्यास प्रहारबाट कार्यकर्ता लगाएत जनजीवन अस्तव्यस्त भएको थियो ।

झडपमा ढुंगा हानाहान हुँदा राप्रपाका केही कार्यकता र प्रहरी घाइते भएको बताइएको छ ।