गजलकार प्रकाशको ‘जरुरत’ यस्तो छ……
‘मुना बाँच्न मदन जस्तो,सदन जरुरत’
प्रकासित मिति : २०७३ चैत्र ७, सोमबार
प्रकासित समय : ११:१७

प्रकाश बिलभ संगम (बिम्ब)
जस्तो तिमीलाई आफ्नो सदन जरुरत छ,
त्यस्तै हो मुना बाँच्न लाई मदन जरुरत छ ।
सडकमा टायर जलायर देशको बिकास हुदैन,
यहाँ बिचार र विकासको अन्दोलन जरुरत छ ।।
फूल जस्तै तस्विर सजायर के गरु आँखामा,
चारैतिर बाट सिसाले घेरियो,जतन जरुरत छ ।
मानौ यो जीवन एउटा भिजन बिनाको रङ्गमञ्च हो, उद्घाटन भईसक्यो, तिम्रो मात्र सम्बोधन जरुरत छ ।।
मलाई छोडेर जान्छु भन्छौ तिमी कहिले काही,
यो मुटु चल्नलाई पनि त तिम्रो धड्कन जरुरत छ ।
जस्तो तिमीलाई आफ्नो सदन जरुरत छ,
त्यस्तै हो मुना बाँच्न लाई मदन जरुरत छ ।।
(प्रकाश भाट, अछामका स्थिानीयवासी हुन । हाल नेपालगंजमा बसेर हेल्थ विषयमा अध्ययन गरिरहेका छन । साहित्यमा विशेषत गजल विधामा उनले कलम चलाउने गरेका छन ।)