मेगा बैंकले चैत्र १३ गतेदेखि सेर बिक्रि आह्वान

बोलपत्रको नतिजा २१ गते सार्वजनिक गर्ने

काठमाडौँ । मेगा बैँक नेपाल लिमिटेडले आउँदो चैत १३ गतेदेखि सेर लिलामी बिक्री गर्न लागेको जनाएको छ । बैँकले एक लाख ६८ हजार नौं सय ९२ कित्ता संस्थापक सेयर र दुई लाख १७ हजार आठ सय ९० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।

चैत्र २० गतेसम्मका लागि लिलामी खरिदको बोलपत्र आह्रान गर्न सकिने जनाउदै मेगा बैँकले त्यसको नतिजा चैत २१ गते ३ बजे सार्वजनिक गर्ने जनाएको छ ।

कित्ता२५ प्रतिशत हकप्रद निष्काशनको क्रममा नबिकेको तीन लाख ८६ हजार आठ सय ८२ कित्ता सेयर चैत १३ गतेदेखि लिलामी बिक्री प्रकृया सुरु गर्न लागेको जनाएको छ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिंग लिमिटेडका अनुसार उक्त सेर लिन ईच्छुक लगानीकर्ताले न्युनतम एक सय रुपैयाँमाथि अंकित मूल्य राखेर दश कित्ताको गुणांकमा क्यापिटलको कार्यालय नक्साल वा मेगा बैंकको केन्द्रिय कार्यालय कमलादीबाट लिलामीमा आवेदन गर्न सक्नेछन् ।