बाबुरामको नयाँशक्तिबाट २६ जना केन्द्रीय सदस्यहरुको सामुहिक राजिनामा (बिज्ञप्ति सहित)

‘नयाँ शक्ति पुरै व्यथितीले जरा गाढेको आरोप’

मलेसिया । आज एक बिज्ञप्ति जारी गर्दै नयाँ शक्ति नेपाल, मलेसियाका २६ जना केन्द्रिय सदस्यहरुले पार्टीबाट सामुहिक रूपमा राजिनामा दिएका छन । नयाँ शक्ति मलेसियाका संस्थापक सदस्य एबम प्रादेशिक केन्द्रिय सदस्य राजु प्रसाद ढुंगाना ‘प्रनिल सहितका नेताहरुले सामुहिक रूपमा बिज्ञप्ति सहित राजिनामा दिएका हुन ।

नयाँ शक्ति नेपाल,पार्टीबाट सामुहिक रूपमा राजिनामा दिने नेताहरुमा प्रादेशिक केन्द्रिय सदस्य राजु ढुङ्गाना प्रनिल, नयाँ शक्ति मलेसिया संस्थापक एसके भट्टराई, सल्लाहकार एवं बरिस्ठ सचिवालय सदस्यहरु दिपक सुनाखरि मगर, ,टङ्गक आङदेवे लिम्बु, दुर्गा थापा लगाएत रहेका छन ।

त्यसैगरी पार्टीबाट सामूहिक राजिनामा दिने केन्द्रिय सदस्य, मलेसियाका नेताहरुमा करन तामाङ, मनोज केसि, कमल बस्नेत, मनोज केसि, मनोज गिरि, शेखर खड्का एव छेत्रीय संयोजक र सदस्यहरुमा डि.बि गुरुङ, सर्वजित गेलाङ,राम बहादुर तामाङ,रमेश बहादुर लिम्बू, जर्मन तामाङ, झरिलाल माझी, तिलक प्रसाद खाडी, तिलक आले मगर, बुद्धिराम चौधरी, पिमलाल ओली, कृष्ण प्रसाद पासी, तेज बहादुर खड्का, प्रिती तामाङ, डिल्ली दाहाल र खेम बहादुर लिम्बु रहेका छन ।

उनीहरुले बैकल्पिक राजनीतिको परिकल्पना नयाँ शक्तिले गरेको भएपनि सो अनुसार पार्टी अगाडि बढन नसकेको भन्दै पार्टीभित्र अपेक्षा गरेभन्दा फरक कार्यनीति पाएकाले राजिनामा दिएको बताएका छन ।

राजनीतिक र साङ्गठानिक रुपमा नयाँ शक्तिमा पुरै व्यथितीले जरा गाढेको भन्दै उनीहरुले आज सम्मका राजनीतिक उपलब्धी सस्थागत गर्नुको सट्टा मधेसी मोर्चासङ्ग साठगाठ गर्न पुगेको आरोप लगाएका छन ।

उनीहरुद्धारा जारी गरिएको सामुहिक विज्ञप्तिमा भनिएको छ–‘संविधान निर्माण पश्चात् निर्माण भएको संविधानलाई आधा गिलास खाली र आधा गिलास भरी भनेर फेरि देशमा अनेक किसिमका द्वन्द्व सिर्जना गर्ने काममा अग्रसर भएको ठहरियो, जसको कारण नयाँ शक्ति आफै त्यो प्रमाणित गर्दै छ । पार्टी नितान्त डा. बाबुराम भट्टराईको नीजि कम्पनी जस्तो झल्किदै गएकोले नयाँ शक्ति पार्टी एक प्रकारको राजनीतिक डिप्रेसनको उपज झै भयो । हामीले सोच बिचार गरेर नयाँ शक्ति नेपालको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएका छौ ।’