शोक प्रस्ताव पारित भएपछि आधा घण्टाका लागि स्थगित संसद बैठक पुर्न सुचारु

मधेशी मोर्चा बैठकबाट बाहिरीयो

काठमाडौं । व्यवस्थापिका संसदमा नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि ढुंगेलको निधनमा शोक प्रस्ताव पारित भएपछि स्थगित भएको संसद बैठक पुर्न सुचारु भएको छ ।

बैठकमा सभामुख ओनसरी घर्तीले ढुंगेलको शोक प्रस्ताव पढेर सुनाएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । स्थगित भएको बैठक अहिले पुर्न सुचारु भएको हो ।

आजको संसद बैठक सुरु हुनासाथ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गदै बाहिरीएको थियो । संविधान संशोधनको माग पूरा नगरिएको भन्दै मोर्चाका सांसदहरु बैठकमा अनुपस्थित भएका छन ।

संविधान संशोधन नगरी स्थानीय निर्वाचन हुन नसक्ने भन्दै उनशरुले आफ्ना मागहरु पूरा नभएसम्म संसद बैठकमा भाग नलिने बताएका छन ।