आज एक बजे संसद बैठक बस्दै

विविध विषयमा छलफल हुने

काठमाडौं। व्यवस्थापिका संसद सचिवालयले आज एक बजे संसद बैठक बस्ने जनाएको छ । बैठकमा बिभिन्न बिषयमा छलफल हुने र महत्वपूर्ण विधेयकहरु पास गर्ने कार्य योजना रहेको जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन क्षेत्र निर्धारण विधेयक पास गर्ने सम्बन्धि प्रस्ताव पेस गर्दै छन् । आजको बैठकमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले बस्तु विनिमय बजारसम्बन्धी विधेयक २०७३ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा गृहमन्त्री विमलेन्द्र निधिले पुर्व पदाधिकारीहरुको सुविधा सम्बन्धी विधेयक पारित गर्न प्रस्ताव गर्ने कार्यक्रम रहेको छ भने उपप्रधान, संघीय तथा स्थानीय विकास मन्त्री कमल थापाले गाउपालिका तथा नगरपालिकाको वडासंख्या निर्धारण विधेयक पारित गरियोस भनेर प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।

आइतबारकै बैठकमा कानुन मन्त्री अजयशंकर नायकले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरुको पारिश्रमिक सुविधा, र अन्य सेवा शर्त सम्बन्धि विधेयक सम्बन्धित समितिमा दफाबार छलफलका लागि प्रस्ताव गर्ने कार्यसुची रहेको व्यवस्थापीका संसद सचिवालयले जनाएको छ ।