च्याउ झैँ खुलेका एफ.एम रेडियो अनि संचारकर्मीको अवस्था

‘सरकारी मापदण्डमा सुधार हुनुपर्छ’

विनोद अधिकारी

रेडियो सूचना,मनोरंजन अनि समाचारका लागि एउटा अत्यन्तै सरल माध्ययम हो । देशमा पछिल्लो पटक संचारको विकास द्रुत गतिमा वढेसगैं रेडियो पनि सोचेभन्दा निकै बढि खुले । इलोक्ट्रोनिक मिडिया भएकाले स्वभावैले यस क्षेत्रमा लाग्ने युवायुवितिहरुको संख्यामा पनि ह्वातै वृद्दि भयो । विशेषत रेडियो अनि टेलिभिजनमा लोकप्रियता कमाउने धुनमा थुपै्रै युवा जमात तन,मन अनि धन खर्चेर लागेको पाईन्छ । सरकारले एफएम रेडियोको लाइसेन्स दिनमा सहज मापदण्ड बनाएका कारण अहिले टोल टोलमा च्याउ झै रेडियोहरु खुलेका छन । स्थानीय तहमा खुलेका अधिकाशं रेडियोहरुमा अहिलेका नयाँ युवा पुस्ताको बलियो पकड देखिन्छ ।

प्रमाणपत्र तह सकेपछि ,स्नातक तहमा पढ्दै गरेका धेरैजसो युवाहरु यो फिल्डमा ईच्छुक भएको देखिन्छ । २०६४ सालपश्चात नेपालगंजमा खुलेका सवैजसो इलोक्ट्रोनिक मिडियामा ८० प्रतिशत युवा जेनेरेशन थिए । रेडियो फील्डमा छोटो समयमा लोकप्रीय हुन सकिने अनि करियर भन्दा पनि पार्ट टाईमका रुपमा लिन खोज्ने धेरैजसो ढुलमुले प्रवृतिका युवायुवतिहरुले यहाँका सचारमाध्यमहरुका लागि आवश्यक कर्मचारीहरु नियुक्त गरेका छन् । गुणस्तरीयता र व्यवसायिकतालाई सगँसगै लैजानु पर्ने अवस्थामा यहाँका सचांर उद्यमिले पनि खाली व्यवसायिकतामा मात्र जोड दिदा संचारक्षेत्रमा भविष्य बनाउन चाहाने युवावर्गका लागि अहिलेको परिप्रेक्ष्यमा सोचेअनुसारको अवसर भने देखिदैन । देशमा बढेको वेरोजगारी समस्या अनि सानोतिनो काममा भएपनि ईग्गेज होऔ भन्ने प्रवृतिका कारण अझैपनि रेडियोले कर्मचारीको अभाव भने महसूस गरेको छैन । यहाँका मिडियाका लागि हरेक तीन तीन महिनामा नयांँ कर्मचारीको अनुहारलाई भित्राउने हुदा वेरोजगार युवा जनशतिm यस क्षेत्रमा अझै विद्यमान छन, तर त्यो वास्तविक करियर बनाउने अनि मिडियाका लागि हितकारी युवा जमात भने पक्कै होईन । केवल देखावटी अनि सस्तो लोकप्रियता कमाउन खोज्ने समूह हो ।

मार्केटले थेग्न नसक्ने रेडियो स्टेसन खोल्नु अनि त्यसमा आवद्ध सचांरकर्मिको योग्यतामाथि नै प्रश्न चिन्ह खडा हुनु ,यि यावत कुराहरुले गर्दा पछिल्लो समयमा रेडियोको लोकप्रियता खस्कियो ।

मध्यपश्चिमको कुरा गर्दा सुरुवाति समयम २०६५ ताका रेडियोको स्कोपनि अत्यन्तै रामा्रे महसुस गरीएको थियो, फलस्वरुप यसमा आउन चाहाने युवाहरुको आर्कषणको सीमा थिएन । वास्तवमै क्षमतावान अनि रेडियो फील्डमा भविष्य बनाउन खोज्ने युवापिढि एफएम लाईनमा होमिएका थिए । तर अहिले त्यो समय रहेन , मार्केटले थेग्न नसक्ने रेडियो स्टेसन खोल्नु अनि त्यसमा आवद्ध सचांरकर्मिको योग्यतामाथि नै प्रश्न चिन्ह खडा हुनु ,यि यावत कुराहरुले गर्दा पछिल्लो समयमा रेडियोको लोकप्रियता खस्कियो । सँगसँंगै यस क्षेत्रमा सोचेअनुसारको आम्दानी समेत गर्न नसिकिने भएका कारण दिर्घकालिन रुपमै यसमा टिकेर काम गर्ने युवाढिकोको संख्या भने पक्कै ओरालो लाग्ने क्रममा छ ।

रेडियोमा लामो समय बिताएका पुराना रेडियोकर्मिहरुको भनाईलाई उल्लेख गर्ने हो भने पनि अब त्यो दिन रहेन,जतिबेला रेडियो कै लागि घर परिवार अनि छरछिमेकबाट काम गर्नकै लािग प्रोत्साहन मिल्थ्यो ,तर त्यो अहिले विगत बनिसकेको छ । एक दशकमा नेपालमा भएको संचारको विकास अनि यसले ल्याएको परिवर्तनलाई हामिले देखिसकेका छौं । तथापि यसमा मेरुदण्डको भुमिका निर्वाह गर्ने सबैखाले कर्मचारीको मापदण्ड हुने कि नहुने या खाली परिवर्तनमात्र हेर्ने । विषय सोचनिय छ । यसर्थ अब रेडियो संचालन गर्ने उद्यमि अनि यससँग सम्बन्धित सम्पूुर्ण क्षेत्रमा परिवर्तनको खाचों छ । रेडियोको गुणस्तरीयता अनि व्यवस्थापनका लागि गतिलो सरकारी मापदण्ड पनि आवश्यक देखिन्छ ।