विदेशबाट संसदलाई खुलापत्रः ‘राष्ट्रियतामाथि खुलेआम हमला हुदा पनि संसद मौन बस्छ,यो कस्तो संसद हो ?’

‘जनतालाई देशको सेवा गर्ने नेता चाहीएको छ,राष्ट्रियता जोगाउने देशभक्त सपुत चाहीएको छ’

माननीय ६०१ संसद ज्युहरुमा नमस्कार ।

बिदेसिएका युवाहरुको पसिनाबाट आएको रेमिट्यान्सबाट तपाईहरु आरामै हुनुहुन्छ होला भन्ने आशा गरेको छु,अनि स्वदेसको सम्झना गर्दै तपाईहरुसँग केही कुरा पुर्याउन मनलागेकाले यो लोकप्रिय अनलाईन पत्रिका हरपल नेपाल डटकम मार्फत यो पत्र तपाई समक्ष पुर्याउने प्रयास गरेको छु । पत्र अगाडि बढाउने अनुमति चाहन्छु ।

माननीय संसद ज्युहरु, स्वदेशमा परिवर्तन होला र नेपालमै जीवन धान्ने कुनै काम गर्न पाउला भनेर आशा गर्दै विदेशमा बसेको पनि लामो समय भएछ, तर फर्केर हेर्दा परिस्थिती पहिलेको भन्दा फरक छैन । अझ देशमा चौतर्फि समस्याले घेरेको देखिन्छ । सारै दिक्क लागेर आउछ, वास्तवमा  आज मलाई पत्र लेखिरहदा कत्ति पनि मजा लागिरहेको छैन । पत्र पढेपछि तपाईहरुले केही राम्रो काम गर्नु हुन्छ कि भन्ने झिनो आशा गर्दै कलम अगाडि बढाई रहेको छु ।

लेखक-टिकाराम ओली

के गर्नु संसद ज्यूहरु, तपाईहरुले कुनै निकास निकालेर लाखौं युवा स्वदेश फर्किने अबस्था आउँछ कि भन्दै धेरै दुख कष्ट,  शारीरिक र मानसिक पीडा सहेर जसो तसो बचेका छौ । धेरै युवाहरु यातना सहन नसकि आत्महत्या सम्म गरेको समाचार हजुरहरुलाई पनि अभगत नै होला । काम गर्दै गर्दै धेरै जना ठूला र गह्रौं मेसिन र सामानले थिचिएर अङ्ग भङ्ग भएको कुरा  पनि सबैलाई थाहा नै होला । हाम्रो  रगत र पसिनाको मुल्य कहाँ होला ? आफ्नै देश बनाउने जोसिलो साहश भएका युवा युवतीहरु अरुको देशमा रगत र पसिना बगाइ रहदा पनि नेपाल सरकार र जनताका प्रतिनीधिहरुले किन हाम्रो विषयमा केही सोचि रहेका छैनन ? काम गर्दा लगाएका लुगा निथ्रुक्क भिजेर शशिरमै सुक्छन्, आँखाभरी आशुका धाराले सुतेको बिस्तारा भिजेको पतो नै हुदैन । वास्तवमा विदेसिनुको कुनै विकल्प छैन होला र ? के हाम्रो देश यसरी नै विदेशीएका युवाको पसिनाबाट नै चलाउने हो ? मनमा यस्ता धेरै प्रकारका प्रश्नहरु उब्जीएका छन ।

सायद तपाईहरुलेसोच्नु भएको होला, बिदेशमा हाम्रा युवाहरूलाई पैसा बोटमा फल्छ भनेर तर त्यसको ठिक उल्टो विदेशीएका युवाहरुको दिन आफ्नो गाउँ,घर,परिवार र देशको मायाले विरोलीदै बितेको हुन्छ । पैसा कमाएर घर फर्किने सपना देख्दै सुतेको मानिस बिहान उठ्दा बिस्तारा चिसो पाउछ, रातभरी आँशुका धाराले बिस्तारा भिजेको पत्तै हुदैन । यहाँको जिडा कसरी भनौ । पैसाको लागि काम गर्दा तातो फलामको टुप्पाटुप्पाबाट पसिना बगिरहदा सिस्नु टिपे जतिकै हातहरु हर्किरहन्छन । तर पनि यो कथा ब्याथा बुझिदिने कोही छैन ।

माननीय सांसद ज्युहरु, गरीब जनतालाई न्याय चाहिएको छ, तर हाम्रो संसद भवनमा न्यायको कुरा भन्दा कुर्सिको बहस चल्छ। देश लाई निकासको बाटो चाहिएको छ,तर बहस निकासको हुदैन, आखिर् किन ? हाम्रो देश भ्रष्टाचारबाट लिलाम नै हुन लागेको छ, तर हाम्रो संसदमा भ्रष्टाचार बिरुद्ध बोल्न कसैको हिम्मत चल्दैन किन ? सधै यही ढंगले देश चलाउने हो भने हाम्रो देश कस्तो बन्ला ? तपाईहरुले कस्तो बनाउने कल्पना गर्नु भएको छ ? आखिर देश तपाईंहरु को पनि हो,हाम्रो पनि हो तर जिम्मेवारीको हिसाबले देशको स्वाभिमान बचाउन जनताले तपाईंहरुलाई मत र बिस्वास दिएर पठाएको, होइन र ? हाम्रो देशका जनताको सबै भन्दा न्यायीक ढोका भनेको तपाईंहरु नै हो । संसदको काम भनेको समय बर्वाद गर्नु नभएर जनताको विषयमा र राज्यको विषयमा काम गर्नु हो । हामीले लोकतान्त्रीक गणतन्त्रको व्यवस्थामा परिवर्तनको आशा गरेको पनि लामो समय भैसकेको छ । यही परिवर्तनको लागि लाखौं जनताले रगत र पसिना बगाएर तपाईहरुलाई त्यो जिम्मेवार ठाउँमा पुग्ने अवसर दिएको पनि लामो समय भएको छ । के तपाईहरुको कदम संसद भवनको जेलबाट बाहिर निस्किनु पर्दैन र ? नेपाली जनता र लाखौं बेरोजगार युवाले तपाईहरुबाट राखेको अपेक्षा,सपनालाई तपाईहरुले विर्सन सक्नु हुन्छ ? जनतासँग बाडेका मिठा मिठा आशाहरु सबै भन्नका लागि मात्र थिए ? के ति सबै अब अर्थहिन भैसके त ?

संसद ज्यूहरु, आज हामीलाई बिदेशीले हेप्दा किन स्वाभिमानको झन्डा फहराउन आनाकानी हुन्छ ? आम नेपाली जनताले अपेक्षा राखेका थिए, हाम्रो सीमाना बिदेशीले मिच्दा हाम्रो संसद भबन, अनि हाम्रा नेताहरु देशको कमान्डर भएर सीमानामा उभिने छन ।

सीमानामा एक इन्च जमिन बचाउदा बचाउदै स्वाभिमानको लागि सहिद बन्ने महान योद्धाले गरेको बलीदानको जबाफ हाम्रो संसद भवनले किन खोज्न सकेन ? देशका कार्यकारी प्रधानमन्त्रीलाई बोलाएर जबाफ माग्न अनि राष्ट्रियताको लागि आवाज उठान गर्न आखिर किन आनाकानी भयो ? बिदेशको एउटा राष्टपति आउँदा सार्वजनिक बिदा घोषणा गर्ने सरकारले आज देश बचाउन ज्यान दिदा समेत किन सार्बजनिक बिदाको घोषणा गरेन ? यदि हाम्रो राष्ट्रियतालाई मजबुत बनाउने हो भने सहिद गोबिन्द गौतमको सम्झनामा सार्बजनिक बिदा सहित सम्मान गर्नु पर्छ । असल, इमान्दार, देशभक्तहरुलाई सम्मान गर्न हाम्रो सरकारले आनाकानी गर्नु हुदैन।

संसद ज्यूहरु । परिवर्तनको लागि जनताले गरेको संघर्षलाई पार्टी पार्टीमा भाग लगाउने कोसिस रोकिनु पर्दछ । आखिर जनता जुन पार्टीमा भएपनि समस्या सबै जनताको एउटै हो भन्ने कुरा बुझ्नु पर्दछ । सीमानामा स्वाभिमानको लागि लडने बहादुरहरु खुकुरीको भरमा लडन तयार छन । तर हजारौं सुरक्षा घेराभित्र बस्नेहरुलाई हतियार राख्ने अनुमती दिने लोकतान्त्रिक व्यवस्था हो भनेर कसरी बुझ्ने होला माननीय ज्युहरु ? देशको लागि केही गर्न नसक्नेलाई हतियार राख्ने अनुमती हुन्छ भने राष्ट्र बचाउन संघर्ष गर्नेलाई अपराधी देख्ने गरिन्छ,के यहि हो त हाम्रो स्वाभिमान बचाउने उपाए ? यदि यस्तै हो भने यो व्यवस्थालाई तानाशाही व्यवस्था भनि घोषणा गर्दा उचित होला । किन गणतन्त्र नेपालको नाममा कमाइ खाने भाँडो बनाएर बदनाम गरिन्छ ?

दैनिक १० हजार भन्दा ज्यादा युवालाई जोखिमयुक्त वैदेशीक श्रमबजारमा पठाइने गरिएको छ।आजभोलि म सुन्दै छु, निशुल्क टिकट र भिषा लागु भएको भन्ने हल्ला मात्र चलाइएको छ । विदेशमा कमाउन आउने कोही पनि अहिलेसम्म फिरिमा आएको मलै थाहा पाएको छैन । धेरै युवाहरुलाई सोधिसके के तपाई फिरिमा आउनु भएको भनेर तर सबै युवाहरुको भनाइै एउटै छ, ‘झन धेरै लियो,कहाँको फिरि हुनु’ । यहाँ आइसकेपछि पनि पिडा धेरै छ, कुनैलाई राम्रो कम्पनी भनेर दलालहरुले फसाएका छ्न । धेरै ठुलो जोखिमको काम हुने भएकाले भाग्नु भन्दा अर्को कुनै विकल्प नै हुदैन । दैनिकी दुई, तीन सय युवा राजदूतावसमा लाइन लागेका हुन्छन, त्यहाँ पनि सहज तरिकाबाट नेपाल फर्काउने कुरामा कसैले पनि चासो लिएको देखिदैन । यहाँ पनि नेपाली दलालहरुबाट युवाहरुको मोलमोलार्इ सुरु हुन्छ । विभिन्न प्रकृया देखाउदै रकम खाने गरिन्छ तर समम्बन्धीत निकाय भने त्यो सब नदेखेको जस्तो गर्दै बस्छ । वास्तबमा हामी युवाहरुलाई सबैले कमाइ खाने भाँडो बनाएका छन । गर्दा गर्दा युवाहरुको जीवन लिलाम हुनु बाहेक आर्को उपाए नै रहेन ।

संसदीय ब्यावस्था भनेको नेताहरु मात्र फेरिने व्यवस्था रहेछ भन्ने भान हुन लाग्यो सांसद ज्यूहरु । जनताले चाहेको व्यवस्था परिवर्तन थियो तर नेपालमा नेता मात्र फेरियो । आखिर नेता फेर्दा देश फेर्ने नेताको जन्म नभएकै होत ? गणतन्त्र भनेको जनताको अधिकार हो भनेर पढ्ने गरेको थिए तर हाम्रो देशमा गणतन्त्र भनेको नेता फेर्ने र पाल्ने,बिलासि जीवन बिताउने गणतन्त्र । कस्तो बिडम्बना भयो माननीय सांसद ज्युहरु । गणतन्त्रमा दुई चारजनाको हैसियत फेरिएकै छ,चोरहरुले राम्रोलाई पनि चोर बनाउछ भनेकै जस्तो देखिन लाग्यो,अहिलेको घटना क्रम देख्दा । माननीय ज्युहरु । जनताको कुनै समस्या समाधान भएको छैन । गणतन्त्र आएपछिका दिनहरुमा झनै दिनमा दुई गुणा रातमा चौगुना भ्रष्टाचार र कालाबजारी गर्नेको संख्या बृद्धी हुँदै गएरको छ । देश नै लुटतन्त्र मा परिणत हुँदै गएको छ । यस्तो अबस्थामा स्वतन्त्रतापुर्बक  छानबिन गर्ने कुनै आयोग नै छैन । देश बिकास नहोस् भन्ने कसैलाई लागेको छ र ? छैन भने जिम्मेवार निकाएको भुमिका खै त ? ठूला ठूला दलालहरुदेखि  मन्त्रीसम्म संसद,ब्यापारी र आमनागरिकको आयश्रोत र उसको आर्थीक गतिविधिलाई निगरानी गर्ने स्वतन्त्र आयोग गठन गरि छानबिन हुनुपर्छ । यदि दोषि भेटिएमा जो सुकैलाई पनि कडा भन्दा कडा कार्वाही गर्नु पर्छ। यसरी मात्र भ्रष्टाचारको अन्तय गर्न सकिन्छ ।

माननीय संसद ज्यूहरु । जनताले प्रश्न गरिरहेका छन, गणतन्त्र नेपाल भनेर भाषण  रट्नेहरु किन राष्ट्रियता र स्वाभिमान जोगाउन खुट्टा कमाउने गर्छन ? हाम्रो सीमननामा नेपाली लडिरहेका छन, तर सरकारले बर्दीधारीहरुलाई सुताइ राखेको छ । आखिर नेपाली जनताको रगत पसिनाबाट उठेको रकम बाड्नको लागि मात्र पालेको होर नेपालको सुरक्षा फौजलाई ? माननीय ज्युहरु, कसैले हाम्रो सुन्दर देशमाथी खेलवाड गर्छ भने, आफ्नो आमाको इज्जत लुट्रेको जस्तै हो । हाम्रो देशको अबस्था हेरेर कुन नेताले कति सम्म सुबिधाको जीवन विताउदा राष्ट्रलाई सहज होला ? नागरिकले कति सम्मको सुबिधा दिदा नेपाललाई विकसित गराउन सहज होला,आखिर देश बिकास भए सबैको हितमा नै हुनेहोला नि । बरु हाम्रो स्रोत साधानलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा सोच्नु पर्दैन र ? आखिर हामीसंग सबै किसिमका स्रोत साधान छन,त्यो कहिले प्रयोग गर्ने हो ? हिजो पञ्चेहरुले खायो, राजाले खायो । जनतालाई अधिकार बिहिन बनायो भनेर जनयुद्ध र आन्दोलन नभएका हुन र ? आज तपाईहरुलाई त्यही प्रस्न आएको छ, खै त देश बिकास भएको ? खै त गरीब जनताको झुपडी खुसी भएको ? तीन करोड नेपाली जनतालाई खेलाची बनाउने कहिले सम्म ? जनता इतिहासका निर्माता हो भन्नेहरु आज किन बिचल्ली गराउन लागेका होलान माननीय ज्युहरु ? म यि तमाम विषयको माग गर्दछु । यदि तपाईहरु यो देश र जनताको सच्चा नेताहुनु हुन्छ भने माटोलाई कसम खाएर जनतको प्रश्नको सहि जवाफ र आफ्नो प्रतिज्ञा जनाउनु होला । अन्यथा जनताको तागतले तपाईहरुलाई राम्ररी चिन्ने निश्चित देखिन्छ । हस्त संसद ज्यूहरु धेरै बोले,केही गल्ती भएको भए माफि सहित पत्रबाट अहिलेलाई बिदा चाहन्छु । नमस्ते ।

(टिकाराम ओली, हाल मलेसियामा कार्यरत)