प्रहरीसँगको झडपमा घाइते भएका मोर्चा कार्यकर्ता भाँटको मृत्यु

नेपालगञ्ज । चैत्र १ गते बाँकेमा सम्पन्न एमालेको मेची महाकाली अभियानका बेला प्रहरीसँग भएको झडपमा परि घाइते भएका मधेशी मोर्चाका कार्यकर्ता जमील भाँटको उपचारका क्रममा आज मृत्यु भएको छ ।

तस्बिरः मृतक मधेशी मोर्चाका कार्यकर्ता जमील भाँट

एमालेको आमसभालाई लक्षित गरि मधेशी मोर्चाले गरेको बन्दकका बेला प्रह्री र आन्दोलनकारीबीच गत मंगलबार नेपालगंज गुलरिया सडक खण्डमा भएको झडपमा परी घाईते भएका मोर्चाका कार्यकर्ता भाँटको उपचारका क्रममा आज मृत्यु भएको हो ।

प्रहरीसंगको झडपबाट सोनपुर गाविस वार्ड नं. ८ बस्ने जमील भाँट लगाएत सोनपुरका फारुख नाउ, इरफान साई, असलम भाट, रहमत उल्लाह, समीर खान, जब्बार भाट, मुश्ताक अलि शाह, मतीन खान सहित दर्जनौ घाईते भएका थिए ।

झडपका क्रममा ७२ वर्षीय जमील भाँटलाई प्रहरीले नियन्त्रणमा लिई आन्दोलनकारी भन्दै यातना दिएको कारण उपचाका क्रममा आज उनको मृत्यु भएको स्थानीयहरुले आरोप लगाएका छन् ।

भाँटको उपचारका क्रममा नेपालगंज मेडिकल कलेजमा निधन भएको त्यहाँबाट आशिष गुप्ताले हरपल नेपाललाई बताएका छन ।