एकीकरण सँगै फुटको संघारमा राप्रपा

काभ्रे । एकिरणको महिनादिन नपुग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी फुटको बाटोमा देखिएको छ । जिल्ला कार्यसमितिको बैठकमा उपस्थित बहुमत सदस्यको बैठकले उपाध्यक्ष टुल्कु लामालाई अध्यक्ष घोषणा गरेको छ ।

राष्ट्रिय अध्यक्ष पशुपति शमसेर राणाको प्रमुख आतिथ्यतामा भएको बैठकले उनलाई अध्यक्ष घोषणा गरेको हो । लामा तत्कालिन पशुपति शमसेर राणा नेतृत्वको राप्रपाका जिल्ला उपाध्यक्ष हुन् ।

तत्कालिन राप्रपा नेपालका सांसद समेत रहेका जिल्ला अध्यक्ष रेशम लामा केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि पद खाली थियो । राप्रपा विधानमा माथिल्लो पदमा उम्मेदवारी दिए साबिकको पद स्वतः खारेज हुने व्यवस्था छ ।

अध्यक्षमा सर्वसम्मत हुन लामाले टुल्कु लामालाई उपाध्यक्ष र धनजित लामालाई सचिव बनाउन लिखित सहमति गरेका थिए ।

सहमतिविपरित अध्यक्ष लामाले फागुन ७ गते उपाध्यक्षमा आरजुकुमार केसी, सचिव राजेन्द्र केसी, कोषाध्यक्ष पशुपति कुमार शाह र सहसचिवमा धनजित लामालाई मनोनित गरेका थिए । ५० सदस्यीय कार्यसमितिमा ३४ जना आफ्नो पक्षमा रहेको टुल्कुले दाबी गरे ।

४ वटा निवार्चन क्षेत्र मध्ये १ का केशव लामा, २ का चन्द्रबहादुर खड्का, ३ का गोपाल सेढाईले टुल्कुलाई समर्थन गरेका छन् ।

अध्यक्ष घोषणा गरेका लामाले एकलौटी बढ्न खोजेकोले बहुमत सदस्यको बैठकबाट अध्यक्ष चयन भएको बताउनुभयो । राप्रपा नेपालका तत्कालिन जिल्ला अध्यक्ष रेशम लामा समुहले पनि शनिवार छुट्टै बैठक बोलाएका छन् । गाृरखापत्र