बर्दियाली गजलकार सुवास भन्छन–‘सरकार उठ्दैन’

आजको साहित्य विशेष–गजल

गजलकार बद्री सुबास

सुनिदैछ नेपाल आमाको चित्कार सरकार उठ्दैन
बारबार भैरहेको छ बलत्कार सरकार उठ्दैन ।

आउ सपुतहरु हो हातेमालो गरौ अस्मिता जोगाउन
फेरि लाउनै पर्नेभो खुकुरीमा धार सरकार उठ्दैन ।

कि मरौला कि मारौला वीर गोर्खालीका सन्तान हामी
जाउँ लगाउ सीमानामा साङ्ले बार सरकार उठ्दैन ।

एक थोपा रगत र एकजना जिउँदो भएसम्म लडौं
इतिहासमा हुनेछ यो दिन यादगार सरकार उठ्दैन ।

रोटी बेटीको सम्बन्ध हात्तीको देखाउने दाँत मात्रै हो
यहाँका खोलानाला खनिजसँग छ प्यार सरकार उठ्दैन ।

आशा नगरौ कसैको अब हामी आफै उठ्नुपर्छ
धेरै नुन खाएर भएकोछ बिमार सरकार उठ्दैन ।