आजबाट हात्तीपाइले विरुद्ध औषधि खुवाइँदै

गर्भवती,२ बर्षे बालबालिका र ७ दिने सुत्केरीले खान नहुने

काठमाडौं । हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सरकारले आजदेखि सञ्चालन गर्दैछ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले आजदेखि तीन दिन २५ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका अनुसार चैत १७,१८ र १९ गतेझापा, मोरङ, सुनसरी, उदयपुर र कपिलबस्तुमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम तय भएको छ ।

उक्त अभियान अन्तर्गत चैत्र ५,६ र ७ गते ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत,भोजपुर, इलाम, धनकुटा, तह्रथुम, पाँचथर, र लमजुङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँने भएको छ ।

उक्त अभियान अन्तर्गत दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्चुला गरी २५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम तय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले जनाएको छ ।

जनस्वास्थ्य महाशाखाले हात्तीपाइले विरुद्धको औषधि दुई वर्ष नपुगेका बालबालिका,गर्भवती र ७ दिनसम्मका सुत्केरी महिलाले सेवान गर्न नहुने जनाएको छ ।