एमालेको मेची महाकाली अभियानले राष्ट्रिय एकताको संन्देश दिएको छः सचिव भट्टराई

‘स्थानीय निकायको निर्वाचनमा बहुमत सहित जीत्छौ’

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको हालै सम्पन्न मेची महाकाली अभियानले राष्ट्रिय एकताको संन्देश दिएको बताएका छन । हरपल नेपालसँग कुरागर्दे एमाले सचिव भट्टराईलले आज त्यस्तो बताएका हुन ।

एमाले सचिव भट्टराईले मुलुकमा मधेश,पहाड र हिमालको क्षेत्रीयताको नाराले राष्ट्रियता कमजोर भएको भन्दै अब राष्ट्र निर्माणको एउटै नारा सबै पार्टीहरुले बोक्नुपर्ने बेला भएको बताए । उनले अब हुने स्थानीय निकायको निर्वाचनमा एमालेलाई जनताले भारी मतले विजयी गराउने संन्देश आफ्नो अभियान मार्फत दिएको बताएका छन ।

उनले आउँदो निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्दै भने–‘हामीले नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म देशव्यापी अभियान सञ्चालन गरेका छौ । जनताले हाम्रो अभियान मार्फत आगामी निर्वाचनमा देशको पहिलो पार्टीको रुपमा उभ्याउने संन्देश दिएका छन । हामीले राष्ट्रियताको पक्षमा उठाएका मुद्धाहरुले जनताहरुबीच राम्रो प्रभाव परेको रहेछ,उहाँहरुले हामीलाई निर्वाचनमा सक्रियरुपमा भाग लिन संन्देश दिनु भएको छ ।’

नेता सचिवले सरकारले कुनैपनि हालतमा निर्वाचनलाई सफल पार्नुपर्नेमा जोड दिदै तोकीएको समयमा निर्वाचन सफल पार्नुको विकल्प नभएको बताएका छन ।