अब हामी बिजुली किन्ने होइन बेच्दैछौः मन्त्री जनार्दन

काठमाडौं । उर्जामन्त्री जर्नादन शर्मा ‘ प्रभाकर’ले आगामी वर्षदेखि भारतबाट बिजुली किन्न नपर्ने बताएका छन् ।आगामी बर्षदेखि आफ्नै देशमा उत्पादन भएको विद्युतले नेपाललाई पर्याप्त हुने भएकाले भारतबाट विजुृली खरिद गर्नु नपर्ने बताएका हुन ।

अखिल (क्रान्तिकारी),द्धारा आज राजधानीको माइतीघर मण्डला देखि बानेश्वर सम्म अयोजना गरिएको र्यालीलाई संबोधन गर्दै उर्जामन्त्री शर्माले नेपालमा १० वटा जलाशाय उक्त आयोजना सुरु गरिएको बताए ।

उनले उक्त जलविद्युत आयोजनामा विदेशमा रहेका नेपाली, नेपाली सेना , प्रहरी , कर्मचारीको लगानीमा अगाडी बढाइने बताउँदै उनले भने– ‘राष्ट्रलाई समृद्ध बनाउने उज्यालो नेपाल अभियानलाई सफल पार्न र नेपालको पानी जनताको लगानी’ नारालाई मूर्त रुप दिन लगानी प्रतिबद्धता सुनिश्चित हुँदै गएको छ । यसले यस अभियानमा सबैलाई सभागि हुन गरे ।‘

नेपालले निकट भविस्यमै विद्युत उत्पादनको क्षेत्रमा निकै ठुलो फड्को मार्ने बताउँदै नेपाले भारत लगायतका छिमेकी देशहरुमा विद्युत बेच्न सक्ने हैसियत बनाउने बताए ।

उनले यस उज्यालो नेपाल अभियानमा सवैको लगनशिलता र संभाव भएको बताउँदै यसको विशेष जस प्रधिकरणको कर्मचारीलाई दिनुपर्ने बताए ।