प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच भेट
प्रकासित मिति : २०७३ चैत्र ४, शुक्रबार
प्रकासित समय : १२:२८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भेट गरेका छन् ।
उक्त भेटमा प्रधानमन्त्रीले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन सफल पार्न सरकारको तर्फवाट सबै प्रकारको सहयोग रहने स्पष्ट पारे ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले निर्वाचन सम्पन्न गर्न आयोगले गरिरहेको तयारीप्रति सन्तोष व्यक्त गरे ।
आज भएको भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको तयारीको अवस्थावारे जानकारी गराए ।