समानान्तर सत्ता चलाउने विप्लव माओवादीको निर्णय

स्थानीय निकायको चुनावलाई वहिष्कारको योजना बनाउदै

काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनसत्ताको विकास गर्ने र समानान्तर सरकार सञ्चालन गर्ने निर्णय गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको नुवाकोटको थाङसिङमा फागुन २७ देखी चैत ३ सम्म बसेको केन्द्रिय समितीको पहिलो वैठकले त्यसतो निर्णय गरेको हो ।

एक हप्तासम्म विविध बिषयमा छलफल गर्दै उक्त बैठकल सरकारले घोषणा गरेको स्थानीय निकायको चुनावलाई वहिष्कार गर्ने निर्णय गरेको छ । बैठकले तीन महिने जागरण अभियान र जनसत्ताको बिकाश बारे पनि गम्भिर छलफल गरेको बताएको छ ।

उक्त बैठकले आगामी तीन महिनासम्म देशव्यापी रुपमा जागरण अभियान सञ्चालनको ठोस कार्यक्रम अगाडि सार्दै प्रत्येक जिल्लामा एक एक वटा विकाशको नमूना काम सम्पन्न गर्ने योजना अघि सारेको छ ।

त्यसैगरी आन्तरिक सांगठनिक संरचनामा आमुल फेरवदल गरिएको बताइएको छ । जनयुद्धको २३ औं बर्षगाँठको अवसर पारेर काठमाडौंमा उद्घाटन र थवाङमा बन्द सत्र सम्पन्न्न गर्दै महाधिवेशन सम्पन्न गरेको विप्लव नेतृत्वको माओवादीले एक महिना अगाडि मात्र आफ्नो पार्टीको नामबाट माओवादी हटाउँदै नेपाल कम्युनिष्ट पार्टी राखेको थियो ।