१५ लाखको राइफल बोक्न थाले दहाल पुत्र प्रकाश

काठमाडौं । लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दहालका पुत्र प्रकाश दहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेको छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका पुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उक्त हतियारको अनुमति लिएका हन् ।

उनले बिहीबारदेखि २२ बोरको अत्याधुनिक राइफल राख्ने अनुमति पाएका छन् । उनले लिएको राइफलको मूल्य १५ लाखभन्दा बढीको रहेको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।