स्थानीय तहको निर्वाचनमा जुट्न प्रधानमन्त्रीको आग्रह

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन सफल पार्न एकतावद्ध भएर अघि बढ्न सबैसँग आग्रह गरेका छन ।

आज भक्तपुरमा अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने–‘अहिले हामी जित्छौ वा हार्छौ त्यो मुख्य होइन, मुख्यतः निर्वाचन हुनुपर्छ र लोकतान्त्रिक प्रक्रियाले जित्नु पर्छ । यो नै प्रमुख हो ।’

प्रधानमन्त्रीले स्वतन्त्र बिद्यार्थी यूनियनमा क्रान्तिकारी बिद्यार्थीहरुको बिजयले माओवादी पार्टी कमजोर होइन, झनै बलियो भएको छ, भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रसहित जे जति उपलब्धीहरु हासिल भएका छन्, तिनको रक्षाका लागि फेरि माओवादी केन्द्रले जित्नु जरुरी भएको स्पष्ट पारे ।