मकवानपुरबाट लागु औषधसहित एक भारतीय पक्राउ

मकवानपुर । आज पश्चिम मकवानपुरको मनहरी गाउँपालिकास्थित प्रहरी चेकपोष्टने १६ बोरा गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

मोतीहारी पुर्वी चम्पारन–७ का भारतीय नागरिक अशोककुमार दुबेलाई ठूलो परिणामको लागु औषधसहित प्रहरीले मकवानपुरमा पक्राउ गरेको हो ।

मकवानपुरको सुनाचुरीबाट लोड गरिएको गाँजा र भारतीय डब्लु वि ११–८५२४ नम्बरको गाडी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बसन्त लामाले बताए । उनका अनुसार उक्त ट्रकको अगाडि मात्र नम्बर लेखिएको र पछाडिको भागमा नम्बर लेखिएको थिएन ।

प्रहरीले बरामद गरिएको गाँजा सहित  ट्रक चालकलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए । चालकले बीरगन्ज हुँदै भारततर्फ लैजानका लागि गाँजा लुकाएर ल्याएको प्रहरी समक्ष बताएका थिए ।

प्रहरीले दुई महिनाकोबीचमा गाँजा बोकेका भारतीय नम्बर प्लेटका ९ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।