बाकेंमा अवैध रुपमा भारु नोटको कारोबार गर्ने चार पक्राउ

बाकें ।  बाके ले नेपालगञ्जको धम्बोजी स्थित घरबारी टोलबाट २० लाख स्रोत नखुलेको अबैध भारतीय रुपैयाँ र ७ लाख नेपाली रुपैयाँ सहित चार जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा भेरी अञ्चल प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीले आज चार जनालाई नियन्त्रणमा लिएको हो ।

भेरी अञ्चल प्रहरीका एसएसपी महेश बिक्रम शाहका अनुसार  प्रहरीको बिशेष टोलीले रकम खरिद गर्ने दुई र बिक्री गर्ने दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीले छुट्टाछुट्टै स्थानबाट १३ लाख बढी भारुसहित सन्तोष राय र ६ लाख बढी भारु सहित राजेश कुम्हारलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ गरेका अन्य दुईको पहिचान हुन सकेको छैन ।