काँग्रेस महासमिति सदस्य ढुङ्गेलको निधन

काठमाडौं। राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्व सांसद रामहरि ढुङ्गेलको निधन भएको छ ।

पूर्व सांसद ढुङ्गेल बस्दै आएको कोठामा बिहान अबेरसम्म ढोका नखुलेपछि उनका भतिजाले चुक्कुल फोडेर ढोका खोल्दा ढुङ्गेल मृत अवस्थामा भेटिएको काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लैजाने काँग्रेसले जनाएको छ ।

डिल्लीबजारस्थित एक कोठा भाडामा सादगी जीवन जिउँदै आएका उनि २०५६ को आमनिर्वाचनमा रामेछाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। पूर्व कृषि सहायकमन्त्री समेत रहेका ढुङ्गेल अविवाहित थिए ।