ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रक प्रहरी नियन्त्रणमाः चालक फरार

मोरङ । आज मोरङको डाईनिया रंगेली सडकखण्डमा को १ क १८४६ नम्बरको ट्रकले मे ७ प ८२३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालकको मृत्यु भएको छ ।

उक्त मोटरसाइकल दुर्घटना रंगेली ७ झुगीटोल भन्ने स्थानमा  भएको हो । दुर्घटनाबाट मोटरसाइकल चालक झापा महाभारा १  बस्ने ३० वर्षीय दिपक महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक प्रहरी नियन्त्रणमा रहे पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।