अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश संघीय अदालतले रोक्यो
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न ६ मुस्लिम देशका नागरिकलाई ९० दिनसम्मका लागि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने भनी दिएको कार्यकारी आदेशमाथि त्यहाँका हवाइ राज्यका एक संघीय न्यायाधिशले रोक लगाएका छन् ।
बीबीसीले जनाए अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त कार्यकारी आदेश कार्यान्वयन हुनुभन्दा एक दिन अगाडि जिल्ला न्यायाधिस डेरिक वाट्सनले यसमाथि रोक लगाएका हुन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त आदेश १६ मार्चबाट लागु गरिने बताइएको थियो । ट्रम्पको आदेश जारी भएपछि सो आदेशबिरुद्ध हवाइ लगायतका अमेरिकी राज्यहरु अदालत गएका थिए । ट्रम्पको यात्रा प्रतिबन्धको पछिल्लो आदेशबिरुद्ध अदालत जाने हवाई पहिलो राज्य हुन पुगेको छ ।
ट्रम्पले आतंककारीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने भन्दै ९० दिनसम्म ६ देशका नागरिक र १२० दिनसम्म विश्वका सबै शरणार्थीलाई प्रवेशमा प्रतिबन्ध लगाउन निर्देशन दिएका थिए । तर धेरैले यो आदेशले विभेद गरेको भन्दै आलोचना गरेपछि हवाइ राज्यका संघीय न्यायाधिशले त्यसमा रोक लगाएका हुन ।