बुद्ध एयरको विमानमा चिल ठोक्कियोः क्षति हुन पाएन

कास्की । काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा चिल ठोक्किएको छ । चिल ठोकिए पनि उक्त विमानमा कुनै क्षति नभएको पोखरा विमानस्थलले जनाएको छ ।

हिजो बिहान करिब १०ः३० बजे काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको नाइनएन–एआइएन कल साइन भएको विमानमा चिल ठोक्किएको हो ।

नागरिक उड्डयन प्राधिकरण पोखराका अनुसार अवतरण गर्ने क्रममा चिल ठोक्किएपछि विमानचालकले सुरक्षित अवतरण गराएकाले कुनै क्षति हुन पाएन ।

विमानस्थलभन्दा करिब दुई माइल टाढा दोबिल्ला क्षेत्रको माथि उडान गरिरहेको विमानको दाहिनेतर्फको पंखानजिकै चिल ठोक्किएको थियो ।