आजदेखि माध्यमिक शिक्षा परीक्षा सुरुः पाँच लाख बढि परीक्षार्थी सहभागी

एक हजार नौ सय २३ केन्द्र निर्धारण

भक्तपुर । आजबाट सुरु भएकोे माध्यमिक शिक्षा परीक्षा (एसईई)मा देशभरबाट पाँच लाख बढि परीक्षार्थी सहभागी हु्दै छन। माध्यामिक शिक्षा पर्ीक्षा बोर्डका अनुसार देशभरबाट परीक्षामा दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी हुने भएका हुन ।

परीक्षा बोर्डका अनुसार देशभरमा एक हजार नौ सय २३ केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी परीक्षाका लागि एक हजार नौ सय २३ केन्द्राध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चार सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँच सय ९१ जनशक्ति खटाइएको नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिएका छन ।

परीक्षा नियन्त्रक रेग्मीका अनुसार आज अनिवार्य अङ्ग्रेजी, भाली ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकतर्फ चैत १४ गते सम्पन्न हुनेछ ।

विगतका वर्षमा एसएलसी परीक्षाका रूपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख गरे पनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन गर्न दिएको हो ।

परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तर पुस्तिका र अन्य सामग्री सबै जिल्ला जिल्लामा पु¥याइसकिएको जानकारी दिँदै परीक्षा नियन्त्रक रेग्मीले परीक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने बताए ।

परीक्षालाई मर्यादित बनाउन तीन तहका सुरक्षा निकाय तैनाथ भएका छन् । परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाइएको छ ।