अमेरिका पठाइदिने बाहनामा नेपाली लुट्दै एक गिरोह
प्रकासित मिति : २०७३ चैत्र ३, बिहीबार
प्रकासित समय : ०६:५२
काठमाडौं । मुनलाइट सर्भिसेज कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको द बोइङ कम्पनीमा पाँचबर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
६ बर्षअघि खाडी राष्ट्रमा रहेका नेपाली कामदारलाई अमेरिका लैजाने प्रलोभन देखाई ठग्दै आएको यो गिरोहले अहिले मलेसियामा रहेका नेपालीलाई सोही प्रलोभनमा पारी ठगी गरिरहेको भेटिएको हो ।
मुनलाइट सर्भिसेज कम्पनीका नाममा महेश राणा भन्ने व्यक्तिले मलेसियामा कार्यरत नेपालीबाट अहिले लाखौँ रुपैयाँ असुलेर ठगी गरेका हुन् । यो समाचार आजका नागरिक दैनिकमा प्रकाशित छ ।