कञ्चनपुर घटनामा नेपाल असईको हराएको पेस्तोल भारतीय एसएसवीको कब्जामा

कञ्चनपुर । गत बिहीबार एक नेपालीको मृत्यु हुनेगरी आनन्द बजारमा भारतीय सुरक्षाकर्मीसँग झडप हुँदा नेपाल प्रहरीका सहायक निरीक्षक माधव भट्टको ७ राउण्ड गोली लोडेड पेस्तोल समेत भारतीय पक्षले लुटेर लगेको खुलासा भएको छ। सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख रोमन्द्र देउजाले असई भट्टको पेस्तोलसमेत लुटेर लगेको

‘भारतीय सुरक्षा अधिकारीसँगको बैठकमा पेस्तोल लुटिएकोले खोजवीन गरी फिर्ता दिन कुरा राखिसकेका छौं’, उनले भने–लुटिएको पेस्तोल फिर्ता आउनेमा आशावादी छौं।ु

‘भारतीय पक्षबाट हानेको इँटा लागेर असई भट्ट ढलेका थिए। त्यही बेला उनको कम्मरमा राखेको पेस्तोल लुटिएको छ’, उनले भने–‘भिडबीच पेस्तोल भारतीय सुरक्षाकर्मी वा भारतीय नागरिक कसले लगेको भन्ने यकिन हुन सकेको छैन।’

कल्भर्ट निर्माणको विषयलाई लिएर भातीय सशस्त्र सीमा सुरक्षा बललले नेपाली नागरिकमाथि आक्रमण गरेको थियो। एसएसबीले ७ राउण्ड हवाइफायर गरेपछि ठानेदारले पेस्तोलवाट ४ राउण्ड फायर गरेका थिए। प्रत्यक्षदर्शी पुनवार्स— ८ का देवेन्द्र खड्काका अनुसार ठानेदारको चौथो गोली गोविन्द गौतमको कम्मरमा लागेको थियो। पछि उनको मृत्यु भयो।

पुनवार्स नगरपालिका वानं ८ आनन्दबजार नजिक नालामा दुई देशका सुरक्षअधिकारीको सहमति बमोजिम बनाइएको कच्ची कल्भर्ट बुधवार राती र बिहिवार बिहान एसएसवीले भत्काएपछि विवाद भएको थियो। रगत र पसिना लगाएर आफ्नो भूमिमा बनाएको कल्भर्ट भत्काएपछि स्थानिय प्रतिकारमा उत्रेका थिए। यो समाचार आजको नागरिकमा प्रकाशित छ ।