बाँके–बर्दियालाई अन्न भण्डारको रुपमा विकास गर्नु आवयकः प्रधानमन्त्री

भन्छन–‘मध्ययपश्चिममाञ्चलले कृषिको प्रचुर सम्भावना बोकेकोे छ’

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले बाँके,बर्दिया लगाएत मध्यपश्चिमाअञ्चका विभिन्न स्थानहरुमा कृषि क्षेत्रको प्रचुर सम्भावना रहेको भन्दै त्यसलाई अन्न भण्डारको रुपमा विकास गर्न सकिने बताएका छन ।

सुर्खेतको विरेन्द्रनगरमा आज आयोजित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको छैठौं साधारण सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले त्यसतो कुरा बताएका हुन । प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिमाअञ्चलमा कृषिको प्रचुर सम्भावन रहेको बताएका छन ।

प्रधानमन्त्रीले भने–‘कर्णालीका अव्यवस्थित स्याँउ र ओखर बगैंचाहरुलाई व्यवस्थित र व्यवसायमुखीरुपमा संचालन गरेर उचित बजारको व्यवस्था गर्न सकियो भने त्यसले स्थानीय विकासमा सहयोग गर्छ । बाँके र बर्दियाको उर्वर खेती योग्य जमिनलाई खाध्य तथा अन्न भण्डारको रुपमा विकास गर्न आवशयक छ,त्यसले राष्ट्रिय महत्व बोकेको छ ।’

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कृषि सम्बन्धी कार्यक्रमहरू थप गरी अगाडि बढ्नुपर्नेमा जोडदिदै उनले भने–‘मध्यपश्चिमाञ्चलका दैलेख, सुर्खेत लगाएतका ठाउँमा सुन्तला,अर्गानिक तरकारी,फलफुल उत्पादन तथा कृषिको विकास र बजारीकरण गर्नका लागि आवश्यक जनशक्ति उत्पादनमा ध्यान दिनु पर्दछ । कृषि योजनाका साथ जुट्न र आवश्यक जनशक्ति उत्पादन गर्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कृषि सम्बन्धी कार्यक्रमहरू थप गरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ ।’

उनले सदियौं देखि उत्खननको प्रतिक्षामा रहेको पेट्रोलियम पदार्थको अपार सम्भावना युक्त समृद्धिको आधारको सुरुवात गर्न नसकिएको भन्दै अब विश्वविद्यालय शिक्षामा यस्ता सम्भावनाको खोज अनुसन्धान गर्न सक्ने र त्यसको परिणाम देखिने गरी लगानी र व्यवस्थापन गर्न ढिला गर्न नहुने बताए ।

उनले प्रान्तीय एवं केन्द्रीय सरकार दुवैले यिनी सम्भावनाहरूलाई प्राथमिकतामा राखेर पेट्रोलियम पदार्थको उत्खनन गर्ने कार्यको थालनी गर्न सकेमा मुलुकको समृद्धि र पेट्रोलियम पदार्थमा रहेको परनिर्भरताको अन्त्य हुने कुरा बताए ।

उनले मध्यपश्चिमाञ्चल प्राकृतिक सम्पदाले भरिपूर्ण रहको भन्दै अगाडि भने–‘विश्वको मानचित्रमा नेपाल र नेपालको मानचित्रमा मध्यपश्चिमाञ्चल विकास क्षेत्र अनेकन प्राकृतिक र मौलिक, सास्कृतिक स्रोत साधनले भरिपूर्ण र मजबुत हुँदाहुदै पनि पिछडिएको र अल्पविकसित क्षेत्रको रुपमा रहेको छ । यो क्षेत्रको विकास र पहिचानका लागि यस क्षेत्रमा रहेका विकासका प्रचुर प्राकृतिक स्रोतसाधनको अत्याधिक दोहन र परिचालन गर्न सक्ने र मौलिक कला, संस्कृति, भाषा, साहित्य, धार्मिक तथा ऐतिहासिक एवं पुरातात्विक महत्त्वका क्षेत्रको विकास र विस्तार गर्न आवश्यक छ ।’

उनले त्यसैगरी दैलेखको पंचकोशी, जुम्लाको चन्दननाथ र तातोपानी, मुगुको रारा, हुम्ला हुँदै मानसरोबर यात्रा, डोल्पाको शेफोक्सन्ड़ो, सुर्खेतको काँक्रेविहार लगायतका पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने र परिचालन गर्ने, अध्ययन, अध्यापन र अनुसन्धानको केन्द्रको रुपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विकास गर्न आवश्यक रहेको बताए ।