मधेसी मोर्चाद्धारा सरकारलाई दिएको समर्थन फिर्ताः आन्दोलनका कार्यक्रमबारे छलफल हुदै (भिडियो सहित)

तमलोपा कार्यालयमा बैठक जारी

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा सम्मिलीत दलहरुको बैठक बिजुली बजार स्थित तमलोपाको पार्टी कार्यालयमा बसिरहेको छ । उक्त बैठकले मोर्चाद्धारा सरकारलाई दिइएको समर्थन फिर्ता लिएपछिको अवस्थामा मोर्चाको रणनीतिबारे छलफल गर्दै आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

आज दिउँसबाट सुरु भएको उक्त बैठक केही बेरमा सकिने मोर्चाले बताएको छ । मोर्चाले आफ्ना मागहरुको विषयमा सरकारलाई दिइएको सातदिने अल्टिमेटमको समय सकिएकाले समर्थन फिर्ता गरेको बताएको छ ।

मोर्चाको अहिले जारी रहेको बैठकले मधेशका मागहरु पुरा गराउनका लागि दवाबमूलक कार्यक्रमहरु सार्वजनिक गर्ने विषयमा छलफल भै रहेको तमलोपाका एक नेताले हरपल नेपालसँग बताए । उनका अनुसार सरकारले बैशाख ३१ गतेको लागि तोकेको स्थानीय निकायको निर्वाचनलाई प्रभावित पार्नेगरी मोर्चाले संर्घषमा कार्यक्रमहरु सार्वजनिक गर्ने भएको छ ।

हिजो हरपल नेपालँग कुरा गर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नगरि तराईमा स्थानीय निकायको निर्वाचन असम्भव भएको बताएका थिए । उनले आफुहरु निर्वाचनको विपक्षमा रहने जनाएका थिए ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको जानकारी सभामुखलाई दिएका छन् ।

सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको बताएका छन । उक्त घोषणासँगै सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय समाजवादी पार्टीलगायत दलका सांसद बैठककक्षबाट बाहिरिएका थिए ।

LOADING...