प्रधानमन्त्रीद्वारा स्विस सरकारलाई धन्यवाद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्तिप्रकृयामा सहयोग गरेकोमा स्विजरल्याण्ड सरकारलाई धन्यवाद दिए। आज नेपालका लागि स्विजरल्याण्डका राजदुत जर्ज जिओभान्नी फ्राईडेनसँग सिंहदरबारमा भएको भेटमा उनले नेपालको राजनीतिक रुपान्तरणका लागि गरेको सहयोगप्रति धन्यवाद दिएका हुन ।

भेटमा स्विस राजदुतले नेपालको राजनीतिक स्थिरता, स्थानीय तह र प्रदेश तहको निर्वाचनको विषयमा चाँसो राखेका थिए । प्रधानमन्त्री प्रचण्डले स्थानीय तह कार्यान्वयनय सुरु भइसकेकाले अव तोकिएकै समयमा स्थानीय निर्वाचन गर्ने गरी सरकार लागिरहेको बताए । उनले मधेशी दलहरुसंग निरन्तर छलफल भइरहेकाले राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने बताए ।
भेटमा राजदुत फ्राईडेनले नेपाल सरकारले विभिन्न समयमा स्विजरल्याण्डसँग गरेको सहयोग र समन्वयका लागि खुसी व्यक्त गरेका थिए।