कैलालीमा आज एमालेको जनसभाः थरुहट तराई पार्टीद्धारा जिल्ला बन्द आह्वान

तराईलाई एमाले मुक्त बनाउने राजेन्द्र महतोको चेतावनी

कैलाली । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज कैलालीमा हुने भनिएको आमसभालाई लक्षित गरेर थरुहट तराई पार्टीले कैलाली बन्दको आह्वान गरेको छ ।

कैलाली प्रह।रीका अनुसार एमालेको कार्यक्रम हुने भनिएका स्थानहरुमा सुरक्षा व्यवस्थामा कडा पारिएको छ । आज कैलाली विभिन्न स्थानहरुमा आयोजना गरिएका सभामा एमालेका र्शीष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

कैलालीमा थरुहट पार्टीले आह्वान गरेको बन्दका कारण एमालेको आमसभा प्रभावित हुन सक्ने र कुनै अप्रिय घटना हुन नदिने भन्दै प्रहरीले आफ्नो तयारीलाई आवश्यक रुपमा गरिसकेको जनाएको छ । कैलालीको टिकापुर,लम्की क्षेत्रमा बन्दको आशिंक प्रभाव परेको स्थानीय पत्रकारहरुले हरपल नेपालसँग बताएका छन ।

पूर्वि तराईका जिल्लाहरुबाट सुरु गरिएको एमालेको उक्त अभियान आज कैलालीका, कर्णली, लम्की, टीकापुर, अत्तरीया, धनगढी लगाएतका स्थानहरुमा सभा गर्दै अभियानलाई अगाडी बढाइने एमालेले बताएको छ । उक्त मेची महाकाली राष्ट्रिय अभियान पश्चिम नेपालसम्म पुगेर समापन हुनेछ ।

एमालेको अभियानका क्रमममा सप्तरीदेखि नेपालगंजसम्म पुग्दा विभिन्न स्थानहरुमा झडप र प्रतिरोधमा आन्दोलनहरु भएका छन । हिजो नेपालगंजमा एमालेको सभालाई लक्षित गरी मधेसी मोर्चाद्धारा आह्वान गरिएको बाँके बन्दका क्रममा केही स्थानमा आगजनी र आन्दोलनहरु समेत भए । एउटा बसमा आन्दोलनकारीले आगजनी गरेका थिए ।

एमालेको उक्त सभालाई तराईका सबै जिल्लाहरुमा विरोध गरेर एमाले मुक्त तराई बनाउने योजना मधेसी जनाताहरुले बनाएको हिजो हरपल नेपालसँगको वहस कार्यक्रममा मोर्चामा संम्मिलित,सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका थिए ।