मधेशी मोर्चाका कार्यकर्ताद्धारा बर्दियामा पेट्रोल बम प्रहारः प्रहरीद्धारा हवाई फायर

बर्दिया । नेपालगंजमा एमालेलेको सभालाई लक्षित गर्दै मोर्चामा सम्मिलित दलहरुले बर्दियाको सोनपुरमा हिजो यात्रुबाहक बसमा पेट्रोल बम हानेको प्रहरीले बताएको छ ।

नेपालगंजदेखि करिब दश किलोमिटरको दुरीमा रहेको उक्त स्थनामा मोर्चाका कार्यकर्ताहरुले राजापुरबाट दाङको तुलसीपुरका लागि छुटेको भे १ ख २०४२ नम्बरको यात्रुबाहक बसमाथि पेट्रोल बम हानेका हुन् ।

मोर्चाले हिजो एमालेको सभालाई लक्षित असफल पार्नका लागि बाँके बन्दको आयोजना गरेका बेला बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले उक्त बसमा बम हानेको हुन सक्ने प्रहरीले बताएको छ । मोर्चाका कायकर्ताहरुले उक्त बसलाई आफ्नो नियन्त्रणमा लिएर याुत्रुहरुलाई ओरालेपछि आगो लगाएका थिए ।

आगजनीबाट मानविय क्षति नभएपनि बसको सिट जलेको प्रहरीले बताएको छ । मोर्चाको बन्दका कारण एमालेका कार्यकर्ता बोकेको गाडी प्रहरीले स्कटिङ गरेर कार्यक्रम स्थल पुर्‍याइरहेको थियो ।