भारतीय उच्च अधिकारसँग भेटवार्तामा उपप्रधानमन्त्री निधि बेस्त

भाकपाका नेता डीपी त्रिपाठीसंग पनि भेटघाट

नयाँदिल्ली । नेपालमा संविधान जारी भएपछिको पछिल्ला प्रगति देखेर भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले खुशी प्रकट गरेका छन । आज नयाँ दिल्लीमा पुगेका उपप्रधान् एवम् गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटवार्तामा पूर्वप्रधानमन्त्री सिंहले खुशी प्रकट गरेका हुन्।

उपप्रधानमन्त्री निधिले भारतीय पूर्वप्रधानमन्त्री सिंहलाई आज गरेको भेटवार्ता गरेका छन ।आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन हिजो नयाँ दिल्ली पुगेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो उच्चस्तरिय भेटवार्ता शुरु गरेका छन् ।

सिंहको निवासमा भएको भेटमा पूर्व प्रधानमन्त्री सिंहले दुई देशबीचको सम्बन्ध, नेपालको शान्ति प्रक्रिया र विकासका बारेमा पनि कुरा गरेका थिए ।

भेटमा गृहमन्त्री निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । त्यस अवसरमा पूर्व प्रधानमन्त्री सिंहले राजनीतिक स्थिरतापछि विकास निर्माणको कामले गति लिने उल्लेख गर्दै एउटा असल छिमेकीका नाताले भारत सधैं नेपालमा राजनीतिक स्थिरता भएको हेर्न चाहेको बताएका थिए ।

निधिका प्रेस सल्लाहकार रामजि दाहालका अनुसार उनले दुई देशबीचको पुरानो सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै नयाँ दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्ने भारण राखेका थिए । भेटमा उपप्रधानमन्त्री निधिसँग भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी रहेका छन ।

आजै गृहमन्त्री निधिले भारतीय कम्यूनिष्ट पार्टीका नेता डीपी त्रिपाठीसंग पनि भेटघाट गरेका छन् । भेटमा दुई देशबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।