सरकारले मोर्चाका माग पुरा नगरे भोलीबाट समर्थन फिर्ता हुन्छः अध्यक्ष महतो

मोर्चाको बैठक भोलि एक बजे बस्ने

काठाडौ । सरकार मधेसी मोर्चाले उठाउदै आएका मागहरुको सम्बोधन गर्न तयार नभएमा मोर्चाले भालिबाट आफ्नो समर्थन फिर्ता लिने बताएको छ । मंगलबर हरलप नेपालसँग कुरागर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले त्यस्तो बताएका हुन ।

अध्यक्ष महतोले भने–‘हामीले सरकारलाई सात दिनको अल्टिमेटम दिएका थियौ । हामीले उठाएका मुद्धाहरुमा सरकारले सात दिनभित्रमा समाधान गरेन भने मोर्चाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिन्छ । हामीले त्यो निर्णय पहिले नै गरिसकेका छौ ।’

मोर्चा संघर्षमा जाने तयारीमा रहेको बताउदै अध्यक्ष महतोले अहिले मोर्चामा सम्मिलित दलहरु सरकारमा जाने खालको अवस्था नरहेको बताए । उनले पहिले संविधान संशोधन र त्यसपछि मात्र निर्वाचनको तयारीमा सरकार लाग्नुपर्ने धारणा ब्यक्त गरे ।

संविधान निमार्णमा एमालेले पनि मधेसका मुद्धाहरुलाई नसमेटेर गल्ती गरेको र माओवादी,काग्रेसले अहिले भुल सुधार गर्न तयार रहेको बेला एमालेले अवरोध गरिराखेको भन्दै उनले अक्रोश व्यक्त गरे ।

सरकारले ठोस रुपमा कुनै निर्णय गरेन भने मोर्चाले आफ्नो समर्थन फिर्ता गर्ने बताएपनि तत्काल मोर्चाको माग पुरा गर्न सक्ने अवस्थामा सरकार देखिएको छैन । आज मोर्चाले सरकारलाई अल्टिमेटम दिएको अन्तिम दिन हो ।

सरकारलाई दिइएको समर्थनलाई फिर्ता गर्ने विषयमा थप छलफल गर्नका लागि भोलि एक बजे मोर्चाको बैठक बस्ने भएकोे छ । उक्त बैठकले समर्थन फिर्ता गर्ने वा नयाँ निर्णय गर्ने भन्ने विषयमा हामी उक्त आधिकारीक जानकारी गराउने जनाइएको छ ।