आज नेपालगंजमा एमालेको सभा: बिहानैदेखि मोर्चाको बन्द

सुरक्षाका कारण एमालेले निर्धारित कार्यक्रम स्थल सार्यो

बाँके । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानको अन्तर्गत आज नेपालगन्जको रामलिला मैदानमा गर्ने भनिएको सभा उक्त स्थानमा नहुने भएको छ । उक्त सभा सडक डिभिजन कार्यालय कारकाँदोमा गर्ने तयारी भएको एमाले बाँकेले बताएको छ ।

नेपालगंजमा बिहानैदेखि मोर्चाको बन्द

मोर्चाले नेपालगन्जमा एमालेको कुनै कार्यक्रम हुन नदिने खालको अभिव्यक्ति आएको भन्दै एमालेले सुरक्षा अवस्थालाई मध्य नजर गर्दै निर्धारित स्थानको कार्यक्रम सारेको हो । एमालेको राष्ट्रिय अभियान सभा पूर्व निर्धारित कारकाँदोमा सुरक्षाका कारण सारीएको छ ।

मोर्चाले एमालेको उक्त कार्यक्रम बिथोल्न सक्ने प्रति बाँके प्रहरी सजग भएको भन्दै बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले हरपल नेपालसँग भने–‘सप्तरीको घटना जसरी हुन पुग्यो बाँकेमा त्यस्तो कुनै क्षति हुन नदिनका लागि हामी सर्तक रहेका छौ । बाँकेमा सुरक्षा अवस्था खलबलीन नदिनकै लागि एमालेको कार्यक्रम स्थल सारिएको हो ।’

एमाले अभियानका लागि पहिले निर्धारित कार्यक्रम स्थलमा मधेशी समुदायको प्रभाव रेहेकोले बजार भन्दा खुल्ला क्षेत्रमा रहेको सडक डियिभजनमा कार्यक्रम सारीएको बताइएको छ ।

नेपालगंजमा हुन लागेको एमाले कार्यक्रमलाई मोर्चाले अबरोध सिर्जना गर्ने सम्भावना बढेपछि एमालेको कार्यक्रम प्रभावित समेत भएको छ । आज बाँकेमा मोर्चाले बिहानैदेखि बजार र यातायातका साधनहरु चल्न दिएको छैन । सडकका ठाउँ ठाउँमा बन्दकर्ताहरु उपस्थित भएका छन ।

एसपी राईले भने–‘शुक्रवार नेपालबन्दको देश ब्यापी तयारी गरेको मोर्चाले यसअघि नै जनाएको थियो । उसले बाँकेमा एमाले कार्यक्रम अवरोध गर्ने बताएपछि प्रहरीले सुरक्षा स्थितीलाई मध्य नजर गर्दै आफ्नो तयारी गरेको छ ।’

एसपी राईले कुनैपनि दलले आफ्नो विरोध,धर्ना,प्रदर्शन जस्ता कार्यक्रम अरुलाई समस्या नपुग्नेगरी गर्न पाउने भएपनि कसैको कार्यक्रम विथोल्ने सम्मको अवस्था निम्त्याइनु हुदैन,प्रहरी सुरक्षाको लागि तयारी अवस्थामा रहेको बताए ।