कवि लेकालीको प्रतिकार-(कविता)

इतिहासमा सबै गर्व गर्छन, इतिहासका पात्रलाई लिएर, सबै मख्ख पर्छन् ।
देवकोटा,कटुवाल,अर्याल…,सबै नाममा, गर्वसाथ आस्था पोख्छन् ।।
तर सबैलाई थाहा छ, यिनीहरु भौतिक अवस्थामा रहँदा
सम्मानहीन थिए, संरक्षणहीन थिए, मर्यादाहीन थिए ।
सधैँ अभाव र भोक, चबाएर बाँचेका थिए ।।

-वर्तमानले पनि, यहि दुर्भाग्य पाएको छ
आसन्न राज्य व्यवस्था, आफ्नै पारोमा चढेको छ ।।
सुरा र सुन्दरीहरुको बीच, केवल विकृति जन्मिन्छ
यो आफू मात्र रमाएको छ, नौटङ्की मात्र गर्नमा व्यस्त छ ।।

-यसले अर्याल र कटुवाललाई, आत्मघातबाट बचाउन सकेन
विष्णु नवीनले स्वाभिमानी हुँदा आफ्नो शिर, नझुकाई उत्सर्ग प्राप्त गरे
अब राज्य व्यवस्थाको अनैतिकताका विरुद्ध, आवाज गुन्जिनु पर्छ ।
सशक्त प्रतिकार हुनै पर्छ ।।
– ‘बहिस्करण’ २०४५