तराईमा होलीको उल्लासः पर्व मनाउन सार्वजनिक बिदा

काठमाडौं । होली पर्वलाई उल्लासमय ढंगले मित्रता,आत्मिएता र आपसि सद्धभाव बढाउनका लागि सरकारले आज तराईका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । सरकारले हिजो होली मनाइउका लागि उपत्यका सहित हिमाली र मध्य पहाडी क्षेत्रका ५४ जिल्लामा र आज तराईका २१ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

आज तराइका विभिन्न जिल्लाहरुमा रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव बढाउने पर्वको रुपमा मनाइदै छ । तराइका बारा,पर्सा,विराटनगर,बुटवल,बाके,बर्दिया,कैलाली लगाएतका जिल्लाहरुमा आफ्नो आफ्नो समूह र ग्रुपमा बुढापाकादेखि बालक युवक युवतीहरुले उत्साहपूर्वक रुपमा होलीपर्व मनाउदै छन । तराईका अन्य जिल्लाहरुमा आज होली मनाइने भएपनि जनपुरमा भने भोलि मात्रै होली मनाउने तयारी भइरहेको बताइएको छ छ ।

मित्रता र सत्यको पर्वका रुपमा शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा विजयी उत्सवका रुपमा होली मनाउने प्रचलन नेपालमा पौराणिककालदेखि रहेको छ।

दैत्यराज हिरण्यकश्यपुलेआफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लादसहित पस्न लगाउँदा होलिका भष्म भएको तर भक्त प्रह्लाद भने आगोबाट नजलेको पौराणिक कथाको आधारमा होलीलाई सत्य र पवित्रताको पर्वका रुपमा समेत लिइन्छ ।