गजल- नफर्किने गरि गएको छोरो फर्कियो

छोरो नफर्किने गरि गएको थियो, फर्कियो ।

आश्रमबाट बाँको औँठाछाप लियो, फर्कियो ।।

घरका मान्छेले स्वागत गर्न नपाउदै,
दैलोमा पाहुनाको टाउको ठोकियो, फर्कियो ।

गाउले लुट्न भनि फर्किएर आएको चोर,
गाँउलेहरुबाट स्वंय आफु लुटियो, फर्कियो ।

मेरो टाउकोमा टेकेर खुसि हुन नपाउदै,
दुस्मनले शिरमा टेकेको सम्झियो, फर्कियो ।

(अछाम,हाल लम्की कैलाली)