संसद नेजमाद्धारा बारा ४ मा ‘महमूद आलम’ स्मृति पार्कको शिलान्यास

पार्क निर्माणमा ७ लाख बजेट विनियोजन

बारा । बारा क्षेत्र नम्बर चारको सांसद नेजमा आलमले परवानीपुर गाउपालिका अन्तर्गत पर्ने हरपुर गाऊँमा सहिद ‘महमूद आलम’ स्मृति पार्कको शिलान्यास गरेकी छन। उक्त कार्यक्रमको प्रमुख अतिथि सांसद आलमले स्थानीयवासीहरुको जागरुकता र सक्रियताले गर्दा आफुले पर्यटन तथा संस्कृती मन्त्रालयबाट सहिद महमूद आलम स्मृति पार्कमा ७ लाख को बजेट विनियोजन गर्न सफल भएको बताइन ।

तस्बिरः स्मृति पार्कको शिलान्यास कार्यक्रम

उक्त क्रमागत योजनालाई हरेक वर्ष थप गर्नको लागी बजेट पनि थपिने उनले जानकारी गराइन । लोकतन्त्रमा सबै दलले बोल्न पाउने र जनताले सबै दलको विचार सुन्न पाउने अधिकार भएकोले मधेशवादी दलहरु एमाले प्रति रुष्ट भएको उनले बताइन । दलहरुले गरेको निषेधको राजनीतिले मधेशी जनताको लोकतान्त्रिक अधिकारमाथि प्रहार भएको उनले गुनासो गरिन।

पार्क निर्माणधिन स्थलमा सिमेन्ट र बालुवाको मिश्रणमाथि ईटा राख्दै शिलान्यास गर्नेक्रममा उनले जिल्लामा भइरहेका विकास निर्माणका कामहरु आफुले जिम्मेवारी पूवर्क गरिरहेको बताइन ।

उक्त कार्यक्रममा बोल्दै पर्यटन बोर्डका सदस्य रामपाल यादवले स्वर्गीय महमूद आलमको स्मृतीमा बन्न लागेको पार्कको काममा पर्यटन बोर्डबाट गर्नुपर्ने सहयोग पुरा गर्ने प्रतिबद्धता गरेका थियो। उक्त कार्यक्रमका अतिथि तथा भुपु छात्तापिपराका अध्यक्ष एवं एमाले बारा जिल्ला सदस्य भूदेव चौधरीले जनताको हक,अधिकार संबिधानले संस्थागत गरिसकेको हुँदा अब विकास निर्माणको कार्यले मात्रै जनतामा लोकप्रियता कमाउने बताएका थिए ।

प्रदेश नम्बर २ का प्रमुख समस्याहरु मध्य अशिक्षा, गरीबी, बेरोजगारी, सांप्रदायिक विभेद जस्ता तत्वहरु यहाँको समृद्धिमा ठुलो बाधक भएको बताउदै नेता चौधरीले अब समस्याहरुको लागि मिलेर समाधान खोज्नु पर्ने आवश्यकता आफुले महसूस गरेको बताए ।

उक्त कार्यक्रमका सभापति दौलत अन्सारीले स्थानीय विकासको विषयमा दलहरु मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रमा अलीजान अंसारीले स्वागत मन्तब्य राखेका थिए ।