होलीमा हुनसक्ने दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको कडा चेकिङ

उपत्ययकामा १ हजार २१४ जना प्रहरी परिचालन

काठमाडौं । होली पर्वमा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरी हेडक्वाटरले आज काठमाडौं लगाएत देशका मुख्य बजारहरुमा विशेष सडक सुरक्षा चेक जाँच योजना लागु गरेको छ ।

ट्राफिक प्रकरीले हरपल नेपाललाई दिएको जानकारी अनुसार आजबाट होलि पर्वसम्म काठमाडौं लगाएत मुख्य शहरहरु पोखरा,नारायणगढ,विराटनगर,धरान,बुटवल लगाएत तराईका जिल्लाहरुमा पनि विशेष चेक जाँच गर्ने बताएको छ ।

ट्राफिक प्रहरीले चाडपर्वको बेला रमाइलोको नाममा विभिन्न प्रकारका मादक पदार्थ सेवन गरि सवारी चलाउदा हुन सक्ने दुर्घटनाको न्यूनिकरणका लागि त्यस्तो चेकिङ गर्न लागेको बताएको छ ।

प्रहरीले आज बिहानैदेखि काठकाडौंका विभिन्न चोकहरुमा बसेर हेल्मेट नलगाई मोटरसाइकल चलाउने,सडक जामा गरेर रमाइलो गर्ने,ओभर स्पिडमा गाडि चलाउने तथा लाइसेन्स र बिलकुक नबोकी सवारी साधन चलाउनेलाई चेक जाँचका क्रममा बारवार्ही गर्ने बताएको छ ।

प्रहरीले मापसे प्रयोग गरी सवारी साधन चलाउनेलाई आज दिनभरी सवारी साधन कारवार्हीमा राखेर साझँ मात्र छाड्ने बताएको छ । प्रहरीले अन्य दिनको तुलनामा आज चाडपर्वमा हुन सक्ने दुर्घटनालाई रोक्ने उद्देश्यले ट्राफिक प्रहरीको सख्या थप गरेर सडकमा चेक जाँच गर्ने योजना बनाएको बताएको छ ।

आज ट्राफिक प्रहरीले अन्य दिनको भन्दा ५३ स्थान थपेर सवारी चेक जाँच गर्न लागेको छ । आज प्रहरीले विभिन्न २७९ स्थानमा सवारी जाँच गर्ने तथा १ हजार २१४ जना प्रहरी परिचालन गरिने जनाएको छ । यसअघि ट्राफिक प्रहरीले उपत्यकाका १५४ स्थानमा नियमीत चेकिङ गर्दै आएको थियो ।