हरपल नेपाल डटकमद्धारा अनलाइन पत्रकार संघका पूर्व अध्यक्षहरु सम्मानीत

अनलाई संचार माध्यमलाई व्यवस्थित पार्नुपर्नेमा जोड

काठमार्डौ,फागुन २८ । दृष्टि मिडिया नेटवर्कद्धारा संचालित हरपल नेपाल डट कमले आज एक कार्यक्रमबीच अनलाई पत्रकार संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । हरपल नेपाल डट कमको उद्घाटनका लागि आयोजित कार्यक्रममा संघका संस्थापक अध्यक्ष सहित दुई जना पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको हो ।

भृकृटीमण्डप स्थित रिपोर्टर्स क्लबमा आयोजित उक्त उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा पत्रकार महासंघका सचिव एवं क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउनेका साथै मञ्चमा आसिन अन्य अतिथि र हरपल नेपाल डट कमका सम्पादक लोकराज जैसीले संयुक्त रुपमा पत्रकारहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

अनलाईन पत्रकारीताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै हरपल नेपालले अनलाइन पत्रकार संघका सस्थापक अध्यक्ष केपि ढुङगाना,पूर्व अध्यक्ष नरदेब पाण्डे र निवर्तमान अध्यक्ष प्रवेश सुवेदीलाई सम्मान गरेको हो ।

हरपल नेपालका सम्पादक लोकराज जैसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा दृष्टि मिडिया नेटवर्क प्रा.लि.लाई विभिन्न रुपले सहयोग पुर्याउने नामसरा जैसी विशेष अतिथिका रुपमा रहेका थिए । त्यसैगरी पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष गोबिन्द चौलागाई,क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत,अनलाईन पत्रकार सघंका अध्यक्ष शिव सत्याल,प्रेस फोरमका सरोज खिलाडी,रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला,उज्यालो नेपाल डट कममा सम्पादक बुद्ध लोप्चन लगाएतले कार्यक्रममा आथित्यता ग्रहण गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले हरपल नेपाल डट कमलाई सफलताको शुभकामना दिदै पत्रकारीताको विभिन्न पक्षका बारेमा चर्चा गरे । पत्रकार महासंघका सचिव प्रभात चलाउनेले हरपल नेपाल डटकमले समग्र क्षेत्रलाई समेटेको बताउदै अझै निस्पक्ष र स्वतन्त्र समाचार सम्प्रेषणमा जोडदिए । त्यसैगरि पत्रकार महासंघ काठमाडौंका अध्यक्ष गोबिन्द्र चौलागाईले अनलाई संचार माध्यमलाई व्यवस्थित पार्नुपर्नेमा जोड दिए ।

त्यसैगरी क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले महासंघले अनलाई पत्रकारहरुलाई सम्मानीत व्यवहार गर्न नसकेको बताएका थिए । कायक्रममा बोल्दै अनलाई पत्रकार संघका अध्यक्ष शिव सत्यालले अनलाइन पत्रकारीताले संचारक्षेत्रमा नयाँ आयाम थपेको बताए ।