आज नेकपाको नेपाल बन्दः ठाउँ ठाउँमा तोडफोड र आगजनी

केही ठाउँबाट बन्दकर्ता पक्राउ

बन्दकर्ताले गंगबु नजिक तोडफोड गरेको गाडी

काठमाडौं,फागुन २८। कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गालीबाट नेपाली मारिएपछि नेपाल कम्युनिष्ट पार्टीले भारतीय आतंकको विारेधमा आज नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।

नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधनहरु, अन्य भाडाँका यातायात, बजार, उद्योग, शैक्षिक संस्था,कल कारखानाहरु ठप्प रहेका छन् । काठमाडौंका अतिबेस्त चोक र रोडहरु सुनसान जस्तै देखिएको हाम्रा सहकर्मिले फिल्डबाट रिपोर्टिङ गरेका छन ।

बन्दको आह्वान गरिएकोले पानी परेको भएपनि पार्टीको निति अनुसार गाडीहरु चल्न नदिने भन्दै विप्लवले नेतृत्व गरेको उक्त पार्टीका नेता कार्यकर्ताहरु रोडमा रहेका देखिन्छन । उनीहरुले कलंकी,बसपार्क,चावहेल,सुन्धारा,कोटेश्वरमा पूर्ण रुपमा सवारी साधनहरु चल्न नदिएको हरपल नेपाललाई बताएका छन ।

बन्दकर्ताहरुले आफ्नो आग्रहलाई नमानेर सवारी साधन चलाएको भन्दै काठमाडौं सहित देशका विभिन्न भागमा तोडफोड र आगजनी समेत गरेका छन । बन्दबारे अकिंत भट्टराईले दिएको जानकारी अनुसार गगबु नजिकै भरतीय हरियाना पर्देशको एचपि ६४ ५०६६ नम्बर प्लेट भएको एउटा गाडीमा केही समयअघि बन्दकर्ताहरुले तोडफोड गरेका छन । बन्दकर्ताहरुले भेरी कर्णाली होटेल नजिकै उक्त तोडफोडको घटना गरेका हुन । बन्दकर्ताले ठाउँठाउँमा चलेका भारतीय गाडीमा आजगनी गरेका छन ।

त्यसैगरि देशका विभिन्न भागबाट प्रहरीले बन्दकर्ताहरुलाई पक्राउ गरेको जनाएको छ । आज बिहानै प्रहरीले काठमार्डौबाट अखिल क्रान्तिकारीका नेताहहरुलाई पक्राउ गरेको छ । त्यसैगरी पोखराबाट कास्कीका जिल्ला जनसरकार प्रमुख लगायत १० जना कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।

बन्द गराउन हिंडिरहेका बेला उनीहरुलाई पोखराको पृथ्वीचोक लखनचोक र लेखनाथ नगरपालिकाको पावरहाउसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पोखराबाट उक्त पार्टीका जनसरकार प्रमुख जगन तिवारी ‘जगन बा’, अखिल नेपाल श्रमिक मजदूर संघका केन्द्रीय सचिव राजु भुजेलसहित अमृत सापकोटा, सुरज गुरुङ, तिलबहादुर रेग्मी र रामचन्द्र ढ्ंगानालाई गिरफ्तार गरेको छ। उनीहरुवडा प्रहरी कार्यालय बैदाम रहेका छन ।

भारतीय सुरक्षा बल एसएसबीले बुधबार कञ्चनपुरकङ्को पुर्वासमा चलाएको गोली लागेर नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको थियो । उक्त घटनामा भारतीय सुरक्षा बलको गोली लागेर धेरै मानिसहरु घाइते समेत भएका थिए । उक्त घटनाको विभिन्न राजनीतिक दल,संघ संस्थाहरुले आ आफ्नो ढंगले विरोध जनाइरहेका छन ।