कम्युनिष्ट आन्दोलनमा देखा परेका दुई गलत प्रवृत्तिःविसर्जनवाद र आत्मसमर्पणवादबारे

‘क्रान्तिकारीहरुले घातक प्रवृत्ति विरुद्धको सङ्घर्षमा विशेष जोड दिनपर्दछ’

हामीले क्रान्तिमा विजय हासिल गर्नका लागि यति बेला क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा देखा परेका दुई गलत प्रवृत्ति विरुद्ध सङ्घर्ष गर्नु पर्ने भएको छ । ती प्रवृति हुन विसर्जनवाद र आत्मसमर्पणवाद । विसर्जनवाद र आत्मसमर्पणवाद क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका घातक र विषालु प्रवृत्ति हुन् । यी दुई प्रवित्तिमाथि विजय हासिल नगरी क्रान्तिमा विजय हासिल गर्न सम्भव छैन् । तसर्थ सबै क्रान्तिकारीहरुले यी घातक प्रवृत्ति विरुद्धको सङ्घर्षमा विशेष जोड दिन आवश्यक छ ।

१) के हो विसर्जनवाद र आत्मसमर्पणवाद ?

विसर्जनवाद र आत्मसमर्पणवाद एउटै सार बोकेका दुई रुप हुन् । तथापि दुईमा केही अन्तर रहने गर्दछन् । विसर्जनवादी समस्या कम्युनिष्ट आन्दोलनमा रुसको क्रान्तिकारी आन्दोलनबाट सुरु भएको हो । जब रुसको कम्युनिष्ट पार्टी (त्यति बेलाको रुसी समाजिक जनवादी मजदुर पार्टी) भित्र क्रान्ति सञ्चालन गर्ने सन्दर्भलाई लिएर अन्तरसङ्घर्षमा पर्याे, पार्टी बोल्सेभिक र मेन्सेभिकमा बॉडियो मेन्सेभिक (अल्पमत) भित्र विसर्जवाद देखा पर्यो । यसले कम्युनिष्ट पार्टीको नामबाट क्रान्ति विरुद्ध भ्रम प्रचार गर्ने, क्रान्तिकारीहरु माथि दोषारोपण गर्ने,माक्र्सवादी पार्टी कार्यक्रम,कार्यनीति अस्वीकार गर्ने,आफ्नै सुधारवादी पार्टी गठन गर्ने जारशाही प्रुतिक्रियावादी व्यवस्थालाई समर्थन गर्ने कार्य गरिरह्यो । यसको नेतृत्व मेन्सेभिकभित्रको सानो हिस्साले गरेको थियो । पछि चिनियॉ क्रान्तिमा पनि यो धारा देखापर्यो । चिनियॉ क्रान्ति चल्दै गर्दा चिनियॉ कम्युनिष्ट पार्टीभित्र क्रान्तिका सन्दर्भमा क्रान्तिकारी धारा र विसर्जनवादी धाराबीच सङ्घर्ष भयो । विसर्जनवादी धाराको नेतृत्व चाङको थाउले गर्यो । उसले चीनमा क्रान्ति सम्भव नभएको,च्याङ काई सेकस‘ग मिलेर जानु पर्ने तर्क गर्दै कम्युनिष्ट पार्टी परित्याग गर्न पुग्यो । यसलाई माओको नेतृत्वमा परास्त गरियो । भारतमा के भेनु भन्ने व्यक्तिले यस्तो काम गरे । नेपालभित्र पञ्चायती व्यवस्था आएपछि केशरजंग रायमाझीले विसर्जनवादको नेतृत्व गरे भने आज नेपालमा त्यस्तै खालको विसर्जनवाद देखा परेको छ । त्यसको नेतृतव बाबुराम भट्टराई ले गरेका छन् ।

विसर्जनवादी समस्या कम्युनिष्ट आन्दोलनमा रुसको क्रान्तिकारी आन्दोलनबाट सुरु भएको हो । जब रुसको कम्युनिष्ट पार्टी (त्यति बेलाको रुसी समाजिक जनवादी मजदुर पार्टी) भित्र क्रान्ति सञ्चालन गर्ने सन्दर्भलाई लिएर अन्तरसङ्घर्षमा पर्याे, पार्टी बोल्सेभिक र मेन्सेभिकमा बॉडियो मेन्सेभिक (अल्पमत) भित्र विसर्जवाद देखा पर्यो । यसले कम्युनिष्ट पार्टीको नामबाट क्रान्ति विरुद्ध भ्रम प्रचार गर्ने, क्रान्तिकारीहरु माथि दोषारोपण गर्ने,माक्र्सवादी पार्टी कार्यक्रम,कार्यनीति अस्वीकार गर्ने,आफ्नै सुधारवादी पार्टी गठन गर्ने जारशाही प्रुतिक्रियावादी व्यवस्थालाई समर्थन गर्ने कार्य गरिरह्यो ।

जब हामी जनयुद्धबाट शान्ति प्रकृयामा प्रवेश गर्यौ,बाबुरामले सुरुमा वैज्ञानिक समाजवादी विचारमा विकासको प्रचार गरे । पार्टी पुरानै तरिकाले क्रान्तिमा जान नहुने,नयाँ तरिका (वास्तवमा नयाँ ने थिएन) ले क्रान्ति गर्ने भन्दै हिडे, जब पार्टीमा क्रान्तिका सन्दर्भमा दुई लाइन सङ्घर्ष चल्न थाल्यो, बाबुरामले संसदीय व्यवस्थाको पक्षमा तर्कहरु गर्न थाले उनले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास,आथिक क्रान्ति,मित्र देशहरुसँगको सहकार्य भन्न थाले । जब माओवादीमा क्रान्तिकारी धारले विद्रोह गरी पार्टी पुनर्गठन गर्न पुग्यो, बाबुरामले पनि प्रचण्डस‘ग विद्रोेह गदैँ नयाँ शक्ति नामको पार्टी गठन गर्न पुगे । नयाँ शक्तिले कम्युनिष्ट पार्टी मात्र त्यागेन कि वैज्ञानिक समाजवाद र माक्र्सवाद, लेनिनवाद, माओवादका विचार आदर्शलाई पनि परित्याग गर्न पुग्यो । बाबुरामले यति बेला नयाँ जनवादी,वैज्ञानिक समाजवादी क्रान्तिको आवश्यकता नरहेको प्रचार गर्दै हिडिरहेका छन् । उनले कम्युनिष्ट पार्टी भित्रै बसेर कम्युनिष्ट पार्टीलाई विसर्जन गर्ने रुसि नेता यल्त्सीनको मार्गको अनुशरण गरे । बाबुराम नेपाली कम्युनिष्ट आन्दोलनका विसर्जनवादी नेता सावित हुन पुगे ।
आत्मसमर्पणवाद पनि कम्युनिष्ट आन्दोलनको विघटनकारी प्रवृत्ति हो ।

कम्युनिष्ट पार्टीभित्रैबाट जनता,क्रान्ति,श्रमिक वर्ग भ्रम छर्ने,धोका दिने र प्रतिक्रियावादी संसदीय व्यवस्था सामु आत्मसमर्पण गर्ने काम यस प्रवृत्तिले गर्दै आएको छ । यो प्रवृत्ति पनि विश्व कम्युनिष्ट आन्दोलनमा युरोपीयन कम्युनिष्ट पार्टीहरुभित्रबाट देखा पर्दै आएको छ । फ्रान्समा मिलेराँले आत्मसमर्पणवादको अगुवाई गरे,जर्मनमा सिदेमानले प्रतिक्रियावादी संसदीय व्यवस्था सामु आत्मसमर्पण गर्दै यो प्रवृतिको नेतृत्व गरे । रुसमा मेन्सेभिकहरुले यो प्रवृत्तिको प्रतिनिधित्व गरे भने चीनमा छन् तु स्युले र भारतमा जोति बसुहरुले यसको नेतृत्व गरे । नेपालमा एमाले हुँदै हाल प्रचण्डले यसको नेतृत्व गरिरहेका छन् । यति बेला प्रचण्डको तर्क छ ,क्रान्ति सम्भव छैन्, नयॉ जनवादी क्रान्ति मुल रुपले पुरा भइसकेकोले तयारी गरेर मात्र वैज्ञानिक समाजवादी क्रान्तिमा जान सकिन्छ, हाल सरकारमै बसेर तयारीको काम गर्नु पर्दछ,संविधान कार्यान्वयनको विषय हालका लागि मुख्य हो आदि आदि । आत्मसमर्पणवादी प्रवृति पनि अन्तत विसर्जनवादमै पतन हुन पुुग्नेमा दुविधा छैन । यति हो विसर्जनवादले खुलेआम कम्युनिष्ट आन्दोलननै परित्याग गर्दै प्रतिक्रियावादी व्यवस्थाको सेवा गर्न पुग्दछ भने आत्मसमर्पणवादले राजनीतिक कार्यहरु सम्पूर्ण रुपले प्रतिक्रियावादी संसदीय व्यवस्थालाई सहयोग र संरक्षण गर्ने गरे पनि नामसम्म कम्युनिष्ट पार्टीकै प्रर्दशन गर्ने गर्दछ । बाहिर साइनवोर्ड कम्युनिष्ट पार्टीको राखेर काम सबै पँजीवादी,संसदवादीको गर्दछ । उदाहरणका लागी बाबुरामले नाम पनि काम पनि कम्युनिष्ट पार्टी त्यागेर , कम्युनिष्ट विचार त्यागेर गरिरहेका छन् भने प्रचण्डले नामसम्म कम्युनिष्ट पार्टीको राखेका छन् तर सबै काम संसदवादीले गर्ने अझ कैयौँ विषयमा त बाबुरामभन्दा पनि तल गिरेर कार्य गरिरहेका छन् ।

२) विसर्जनवाद र आत्मसमर्पणवाद विरुद्ध थप संङ्घर्षको आवश्यकता

विसर्जनवाद र आत्मसमर्पणवाद विरुद्धको सङ्घर्ष नेपालमा थप आवश्यक छ किनकि आज पनि नेपालमा बाबुराम र प्रचपण्डहरुले क्रान्तिका विरुद्धमा अनेकौँ भ्रामक प्रचार गरिरहेको छन् । क्रान्ति पुरा भइसक्यो अब आर्थिक क्रान्ति गर्नु पर्दछ , संसदीय व्यवस्थालाई सुदृढ गर्नु पर्दछ, संविधान कार्यान्वयन गर्नु पर्दछ, यो भन्दा ठुलो क्रान्ति सम्भव छैन्,क्रान्तिको कुरा गर्नु भनेको परिस्थितिलाई नबुझ्ने उग्रवादी सोच हो आदि । उनीहरुले क्रान्तिका विरुद्ध मात्र होइन क्रान्तिकारी शक्तिका विरुद्ध पनि अनेकौँ दुषित प्रचार गर्दै हिडेका छन् । हामीलाई ‘रअ’ ले चलाएको,कहिले भारतले चलाएको, कहिले राजासंग साँठगाठ गरेको, कहिले पश्चिमासँग जोडिएको,कहिले चीनसँग जोडिएको भन्ने हल्ला भित्र भित्रै र केही मात्रामा बाहिर पनि चलाउने गरेका छन । उनीहरु हाम्रो पार्टीले केहि गर्न नसक्ने, क्रान्ति भन्ने मात्र हो गर्ने होइन ,गर्ने भए किन नगरेको प्रचार गर्छन् भने कहिले माओवादीसँग एक हजारभन्दा बढी आधुनिक हतियार रहेको, जतिबेला पनि सैन्य कार्यबाही गर्न सक्ने, ठुलो सैन्य कार्यबाही गर्न सक्ने जस्ता प्रचार गर्ने गरेका छन् । यी प्रचारलाई ठुला मिडिया भन्नेहरुले समेत प्रोत्साहन गरिरहेका छन ।

आत्मसमर्पणवाद र विसर्जनवादको दुर्गन्धितहावा अझै पनि चारै तिर चलिरहेको छ । आत्मसमर्पणवाद र विसर्जनवादीले जनतालाई निरासा गराउने, क्रान्तिप्रति अविश्वास पैदा गर्ने, सहिद, बेपत्ता योद्धा परिवार र घाइतेहरुलाई निरास गराउने,देशभक्त र प्रगतिशील शक्तिहरुलाई आतंकित पार्ने गरी प्रचार गरिरहेका छन् । हामीले यी हानिकारक र घातक प्रवृत्ति विरुद्धको सङ्घर्षलाई अलिकति पनि कमजोर पार्न दिनु हुँदैन ।

हामीले विसर्जनवाद र आत्मसमर्पणवाद विरुद्ध प्रभावकारी सङ्घर्ष चलायौँ । एकहदसम्म विजय हासिल पनि गर्यौ । हामीले क्रान्तिप्रति जनतालाई पुन आशावादी बनाएका छौँ,परन्तु सङ्घर्ष समाप्त भएको छैन । आत्मसमर्पणवाद र विसर्जनवादको दुर्गन्धितहावा अझै पनि चारै तिर चलिरहेको छ । आत्मसमर्पणवाद र विसर्जनवादीले जनतालाई निरासा गराउने, क्रान्तिप्रति अविश्वास पैदा गर्ने, सहिद, बेपत्ता योद्धा परिवार र घाइतेहरुलाई निरास गराउने,देशभक्त र प्रगतिशील शक्तिहरुलाई आतंकित पार्ने गरी प्रचार गरिरहेका छन् । हामीले यी हानिकारक र घातक प्रवृत्ति विरुद्धको सङ्घर्षलाई अलिकति पनि कमजोर पार्न दिनु हुँदैन । आजको वहसमा विसर्जनवादी र आत्मसमर्पणवादीहरुको भनाइ र प्रचारभन्दा क्रान्तिकारी विचार सङ्घर्षमाथि परेको भए पनि पुरैै हावी भइसकेको छैन । तसर्थ क्रान्तिकारी नेता र कार्यकर्ताहरुले गलत प्रवृत्ति विरुद्धको सङ्घर्षलाई निरन्तर सञ्चालन गरिरहनु पर्दछ । नेपाली जनताका बीचमा विसर्जनवाद र आत्मसमर्पणवादलाई नाङ्गेझार पार्नु पर्दछ ।

हामीले विसर्जनवाद र आत्मसर्पणवाद विरुद्ध सङ्घर्ष सञ्चालन गर्दा विचारधारात्मक पक्षमा विशेष जोड दिनु पर्दछ । जनता र कार्यकर्ताहरुलाई वैज्ञानिक समाजवादी विचारको वैज्ञानिकताबारे स्पष्ट गर्नु पर्दछ । वैज्ञानिक समाजवादले जनता र श्रमिक वर्गको मुक्ति, स्वतन्त्रता र समृद्धि ल्याउने विषयमा बोध गराउनु पर्दछ । वैज्ञानिक समाजवादले मात्र मानव जातिलाई शोषण,दमन, उत्पीडन, गरिबी र अशान्तिबाट मुक्त गर्दै सुन्दर र शान्त भविष्य दिन सक्नेमा विश्वास दिलाउनु पर्दछ । हामीले ती गलत प्रवृत्तिसँग सङ्घर्ष गर्दा आजको पुँजीवादी,दलाल पुजीँवादी ,उत्तर साम्राज्यवादी दुनियाँलाई बदल्न र जनतालाई वैज्ञानिक समाजवादको उच्च राज्य व्यवस्था दिन सक्ने पार्टी भनेको असल कम्युनिष्ट पार्टीले मात्र हो भन्ने स्थापित गर्नु पर्दछ । कम्युनिष्ट पार्टीले मात्र सबै खराबी विरुद्ध सङ्घर्ष गर्दै जनतालाई सुन्दर भविष्यतर्फ अग्रसर गराउन सक्छ भन्ने विश्वास दिनु पर्दछ । साथै पार्टीलाई सबै खालका गलत विचार र प्रवृत्तिबाट मुक्त राख्नु पर्दछ । त्यसैगरी जनताको माझमा काम गर्दा क्रान्ति सम्भव मात्र होइन, अनिवार्य छ र क्रान्तिलाई विजयसम्म पुगाउन सकिन्छ भन्नेमा जोड दिनु पर्दछ । पार्टीले जनता र देशको पक्षमा अगाडि बढाउने योजना र सङ्घर्षहरुमा इमानदारितापूर्वक डट्नु पर्दछ । हामीले यी कामहरु नियमित रुपले जनताका बीचमा सञ्चालन गयौँ भने विसर्जनवाद र आत्मसमर्पणवादी खराबीबाट क्रान्ति र पार्टीलाई जोगाउँदै लान सक्छौँ ।

३)सारांश

विसर्जनवाद र आत्मसमर्पणवाद विश्व कम्युनिष्ट आन्दोलनको घातक रोग हो । यसले विश्व कम्युनिष्ट आन्दोलनमा बेला बेला निकै ठुला नोक्सानी र क्षति पुर्याउने गरेको छ । यसले कम्युनिष्ट पार्टीलाई मात्र होइन जनता, श्रमिक वर्ग र क्रान्तिलाई नै निकै ठुलो हानी नोक्सानी गरेको छ । विसर्जनवाद र आत्मसमर्पणवाद विरुद्ध विश्वका क्रान्तिकारी नेता र पार्टीहरुले कठोर तिखो सङ्घर्ष चलाउदै आएका छन् । पार्टीभित्र भीषण सङ्घर्षहरु भए पनि प्रायः सङ्घर्षमा विसर्जनवादी र आत्मसमर्पणवादीलाई क्रान्तिकारीहरुले पछादै र परास्त गर्दै र क्रान्तिलाई विजयी तुल्याएका छन् । रुसमा लेनिन र बोल्सेभिक पार्टीको नेतृत्वमा मेन्सेभिकभित्रबाट पैदा भएको ्विसर्जनवाद विरुद्ध भीषण सङ्घर्ष गर्दै क्रान्तिलाई विजयी तुल्याएको इतिहास र माओले चीनमा चाङको थाओ विरद्ध सङ्घर्ष गर्दै क्रान्ति सफल गरेको इतिहास यसका ज्वलन्त उदाहरण हुन् । विश्व कम्युनिष्ट आन्दोलनमा यी प्रवृत्ति विरुद्धको सङ्घर्ष आज पनि जारी छ ।

नेपालमा विसर्जनवाद र आत्मसमर्पणवाद बेला बेला खतरनाक प्रकारले आउने गरेको छ । यो प्रवृत्तिले नेपाली क्रान्तिलाई बेला बेला निकै ठुलो हैरानी र नोक्सानी गरेको सच्चाइ पनि प्रस्टै छ । २०१७ सालपछि देखिएको रायमाझीको विसर्जनवाद पञ्चायतकालमै मनोमोहन,तुलसीलालहरुले लिएको आत्मसमर्पणवादी बाटो, साथै २०३९ सालपछि मालेले लिएको आत्मसमर्पणवादी बाटो यसका उदाहरण हुन् । यी विचलनहरुले नेपाली कम्युनिष्ट आन्दोलनलाई सामन्तवाद र दलाल पुँजीवादका सामु आत्मसमर्पण गराएर नेपाली क्रान्तिलाई घाटा पुगाएको स्पष्टै छ । पछिल्लो समयमा जनअपेक्षा विपरीत र हामीले कम अनुमान गरेको प्रचण्ड, बाबुरामको आत्मसमर्पणवाद र विसर्जनवाद निकै हानिकारक र डरलाग्दो रह्यो । यसले जीतको नजिक पुगेको नेपाली क्रान्तिलाई निःशस्त्र पार्दै,विसर्जित गर्दै निकै ठुलो क्षति पुर्यायो । यसले नेपाली क्रान्तिमा अपुरणीय क्षति गरेको सबैलाई अवगत छ तर नेपालमा पनि विसर्जनवाद र आत्मसमर्पणवाद विरुद्ध निरन्तर सङ्घर्ष सञ्चालन हुँदै आएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई सामन्तवाद र दलाल पुँजीवादका सामु आत्मसमर्पण गराएर नेपाली क्रान्तिलाई घाटा पुगाएको स्पष्टै छ । पछिल्लो समयमा जनअपेक्षा विपरीत र हामीले कम अनुमान गरेको प्रचण्ड, बाबुरामको आत्मसमर्पणवाद र विसर्जनवाद निकै हानिकारक र डरलाग्दो रह्यो । यसले जीतको नजिक पुगेको नेपाली क्रान्तिलाई निःशस्त्र पार्दै,विसर्जित गर्दै निकै ठुलो क्षति पुर्यायो ।

घरी घरी हैरानी र नोक्सानी व्यहोर्नु परे पनि ती प्रवृत्तिमाथि क्रान्तिकारी धार र शक्ति नै विजयी बन्दै आएको छ । आज पनि प्रचण्ड,बाबुरामको विसर्जनवाद र आत्मसमर्पणवाद विरुद्ध भीषण सङ्घर्ष सञ्चालन गरिएको छ र एकहदसम्म विजय पनि हासिल गरिसकिएको छ, तथापि लडाइँ जारी नै छ । हामीले मालेमावादी विचारलाई दर्हाेसंग पकड्नु पर्दछ । हामीले वैज्ञानिक समाजवादको विचार आदर्शलाई दृढतापुर्वक पकड्नु पर्दछ । हामीले क्रान्तिकारी कम्युनिष्ट पार्टीको मान्यातालाई दर्हाेसंग आत्मसात् गर्नु पर्दछ । साथै हामीले नेपाली क्रान्तिको सफलता निश्चितता,जनतामा देखा पर्ने सबै खराबी विशेषतः विसर्जनवाद र आत्मसमर्पणवाद विरुद्ध कठोर र निर्मम सङ्घर्ष सञ्चालन गर्दै तीमाथि विजय हासिल गर्ने आत्मविश्वास बोक्नु पर्दछ ।

(लेखक चन्द,नेपाल कम्युनिष्ट पार्टीका महासचिव हुन । यो समाग्री पैकेला–२०७३ बाट साभार गरिएको छ ।)