नेपाल भारत द्वन्द्वले चीन सतर्क बक्तव्य सार्वजनिक

काठमाडौं,फागुन २८ । नेपालमा बढ्दै गएको द्वन्द्वका कारण नेपाल भ्रमण गर्न चाहने चिनीया नागरिकलाई सतर्कता अपनाउन चीन सरकारले आग्रह गरेको छ ।

नेपाल स्थित चिनीया दूतावासले जारी गरेको बक्तव्यमा नेपालको दक्षिणी क्षेत्रमा द्वन्द्व र हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएकाले सो क्षेत्रको भ्रमण नगर्न र जानै परेपनि सतर्कता अपनाउन आग्रह गरेको छ ।

चिनीया विदेश मन्त्रालयले नेपाल भारत सीमा क्षेत्रमा केही दिनदेखि तनाव बढ्दै गएकाले त्यस क्षेत्रमा भ्रमण गर्नुपरे उच्च सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।