कन्चनपुर घटना मोदीको निर्देशनमा घटेको होः नेता गजुरेल

प्रचण्ड नेतृत्वको सरकार भारतीय कठपुतली भएको आरोप

भक्तपुर,फागुन २७ । नेकपा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सिपी गजुरेलले मोदीको आर्शिबादमा बनेको प्रचण्ड नेतृत्वको सरकार भारतीय कठपुतली भएको बताएका छन ।

आज भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गजुरेलले त्यतो बताएका हुन । उनले मोदीको निर्देशनमा कन्चनपुर घटना घटेको र त्यसमा प्रचण्ड मौन रहनुले उनको भारतीय भक्ति प्रस्ट देखिएको आरोप लगाए ।

भारतीय एसएसबीले नेपाली नागरिकको गोली हानी हत्या गर्दा समेत सरकारले त्यसको प्रतिबाद नगरी केही नबोल्नुले सरकारको भारत भक्ति प्रष्ट भएको उनले दाबी गरे । भारतले जे भन्यो त्यही गर्दै गइरहेको प्रचण्ड नेतृत्वको सरकार जति लामो समयसम्म टिक्छ त्यति नै छिटो नेपाल सिकिमिकरण तर्फ जाने भन्दै उनले नेपाल र नेपाली प्रति घात गरिरहेको बताए ।

सरकारले पश्चगामी संबिधानलाई कार्यान्वयन गर्न देखावटी भए पनि निर्वाचनको मिति घोषणा गरेको भन्दै यदि यस्तै अवस्थामा निर्वाचन गर्न खोजे देश गृह युद्धमा जाने निश्चित रहेको गजुरेलले बताए।

नेपालीेले त्रmान्ति गरेर ल्याएको परिवर्तनलाई प्रतिक्रान्ति तर्फ धकेल्ने काम भएको भन्दै उनले गल्ती संबिधान जारीमै भएकाले त्यसलाई सुधार गर्न संबिधान खारेज गरि नयाँ शिराबाट देशलाई निकास दिन नसके देशले सधैं राजनीतिक संक्रमण ब्यहोर्नु पर्नेमा जोड दिए ।

उनले सप्तरीमा जसरी सरकारले नेपाली नागरिकको हत्या गर्यो सरकारलाई दिएको सम्थर्न फिर्ता लिन मोर्चाले एक हप्ते अल्टिमेटम दिनु भनेको दिल्लीे आदेशको पर्खाई भएको भन्दै आफैले सम्र्थन गरेको सरकारले नै हत्या गर्नुलाई कसरी हेर्ने भनि प्रश्न गरे।

वर्तमान सरकार भ्रष्टाचार, कालो बजारी, घुसखोरी र तस्करहरुको संयोजनमा निर्मित छदैं थियो यसमा झनै पञ्चेहरुको आगमनले यो सरकारको स्वरुप नेपाली माझ स्पष्ट पारिदिएको गजुरेलको टिप्पणी छ ।

उनले प्रचण्डले देशको राजश्वमा ब्रम्हलुट गरिरहेको पछिल्लो समयमा एनसिएलको कर छलीलाई दिन लागेको छुट र कुनै पनि मन्त्रालयका सचिवले सम्र्थन नगर्दा समेत जसरी पनि छुट दिलाउन लागि परेको भन्दै इतिहासकै कमिशन खोरी सरकार र त्यसको नेतृत्व प्रचण्डले गरिरहको आरोप लगाए।

नेपालमा प्रतिगामी र पश्चगामीहरुले संबिधानसभा देखि मन्त्रालय हुँदै राजनीतिक दलहरुमा समेत आफ्नो पकड बनाई सकेकोले यसलाई चिर्दै नेपाललाई मुक्ति दिन अब नयाँ आन्दोलनको बिकल्प नभएको उनले बताए ।

माओवादी बीचको एकता हल्ला मात्र भएको भन्दै आफ्नो पार्टीबाट एमाओबादीमा गएका पम्फा भुसाल, बादल र गुरुङहरुले जसरी एमाओबादी भित्र रहेर गलतको बिरोध गर्ने भनेको थिए उनीहरुले पनि प्रचण्डको गलत काममा मुख मिलाउनु धोका भएको उनको भनाई छ ।