सीमामा एक नेपालीको लाश ढलेको छ,सरकार मन्त्री छान्न बेस्त– कसरी चल्छ देश ?

‘संसदीय व्यवस्थाको अन्त्य नै सबै समस्याको समाधान हो’

लेखक-टिकाराम ओली

बेला बेलामा बेमौसमी बाजा बजिरहने संसदीय व्यवस्थामा अहिले मधेसको आन्दोलन र एमालेको मेचि महाकाली अभियान र सरकारको चुनाब घोषणाले ठुलै बैमोसमी बाजा बजेकै छ । विशेषगरि संसदीय व्यवस्थाका दुतहरुबाट जनता भिडाउने कसरत सरु भएको छ । यस्तो बेमौसमी राजनीतिले रास्ट«लाई निकै ठूलो संङ्कट आउने देखिन्छ । कुनैपनि बहाना बनाएर सर्वसाधारण जनतालाई बेमौसमी तरिका अपनाएर शिकार गर्ने फोहरी राजनीति नै देश र जनताको बाधको सत्रु हो । एउटा सार्बभौमसत्ता सम्पन्न मुलुकमाथि दिनानु दिन हस्तछेप भएको छ,र निर्दोष जनताले मातृभूमिको रक्षा गर्न बलिदान दिएका छन । एउटा सार्बभौम मुलुकको राजनीतिको फाइदा उठाउने साम्राज्यवादलाई परास्त गर्न आवश्यक छ ।

सही रणनीतिक योजना, भिजन र ठोस मिसन नबनाई दौडिने संसदीय राजनीतिको गन्तव्यहिन यात्राबाट देश ठुलो क्षति मोल्दै छ, देश नागरिक र राष्ट्रियताको सुरुक्षा गर्न नसक्ने यो व्यवस्था नै जनताको बिरोधि हो । के सेना पुलिसलाई नेपाली जनता मार्न मात्र पालेको हो ? होइन भने बिदेशीले नेपाली मार्दा मोन बस्ने अबस्था निन भयो ? र अब यो व्यवस्थाले कुनै पनि नागरिक र देशको रक्षा गर्न सक्दैन भन्ने कुरा बुझ आबस्यक छ। गन्तव्यहीन यात्रा गर्ने संसदीय व्यवस्थालाई काँध थापेर बचाउनु भनेको आजको जस्तो घटना फेरि दोहोर्याउनु जस्तै हो ।

असल पार्टी र जनताको व्यवस्था यो देशमा भैदिएको भए, सीमामा देश लागि एउटा नागरिक मारिदा काठमाडौमा सत्ताको वहश चल्दैनथ्यो होला । मन्त्री ज्यूलाई कुर्सि र सरकारलाई सत्ता टिकाउने सफत हुने थिएन होला । हिमाल पहाड तराईलाई एकता बद्ध गर्दै सबै वर्गलाई भावनात्म एकता कायम गर्दै,हाम्रो राष्ट्रियताको जगेर्ना गर्न श्रमजीवी जनताको पक्षमा सरकार उभिएको भए देशको यस्तो हालत हुने थिएन होला । तर संसदीय व्यवस्थाकै कारणले हजारौं नेपाली दाजुभाइले ज्यान गुमाइ सक्दा समेत यसका हिमायतिहरुले जनताको व्यवस्थाको विरोध गरिरहेका छन,उनीहरु यसमा सुधार आएको देख्न चाहन्नन । आखिर किन ?

सीमामा देश लागि एउटा नागरिक मारिदा काठमाडौमा सत्ताको वहश चल्दैनथ्यो होला । मन्त्री ज्यूलाई कुर्सि र सरकारलाई सत्ता टिकाउने सफत हुने थिएन होला । हिमाल पहाड तराईलाई एकता बद्ध गर्दै सबै वर्गलाई भावनात्म एकता कायम गर्दै,हाम्रो राष्ट्रियताको जगेर्ना गर्न श्रमजीवी जनताको पक्षमा सरकार उभिएको भए देशको यस्तो हालत हुने थिएन होला ।

जनता र राष्ट्रको चाहाना भन्दा विपरित यात्रा गर्नाले नै हाम्रो देशको राष्ट्रियता कमजोर अबस्था पुगेको हो ।अहिलेको मुख्य समस्या भनेको राष्ट्रियतालाई कमजोर ढंगबाट बुझ्ने संसदीय परिपाटी हो ,जुन गलत छ । चलखेलको राजनीति गर्ने मधेसीदल र रास्ट्रको कुनै समस्या समाधान नै नगरी चुनाव घोषणा गर्ने माओवादी केन्द्र अनि काङ्ग्रेसको सरकारले हिमाल,पहाड,तराईको जनतालाई एकता गर्नुको साटो विभाजनको दिशामा पुर्याउदै छन । दम्भको राजनीति गर्ने एमालेका कारण देशको राष्ट्रियता कम्जोर अवस्थामा पुगेको छ,यो अवस्था सिर्जना हुनुको मुख्य कारण श्रमिक जनताको अधिकार स्थापित नहुनु,राष्ट्रियताको रक्षा गर्नुको साटो स्वाभिमान नै गुमाने राजनीतिम परिपाटीको विकास गर्नु नै हो । यसले हामीलाई कम्जोर अबस्थामा पुराउने काम गरेको छ ।

राष्ट र जनताको भावना बिपरित ढंगबाट चल्ने परिपाटीका कारण यस्ता घटनाहरुको पुनरावृत्ति भैराखेको छ, यहाँ कुनै नयाँ नारामा घटनाको पुनरावृत्ति भएको छैन,पुरानै समस्या समाधान हुन नसक्दा नै घट्ना पुनरावृत्ति भएका हुन । जनताको अधिकार राष्ट्रियता प्रति गम्भीर नहुदाँसम्म जनताले बलीदान गर्न रोकिने अवस्था रहदैन, घटनाको पुनरावृत्ति भैरहन्छ संसदीय व्यवस्था र संसदीय पाटीहरुले राष्ट्रियता,स्वाभिमान र जनताको अधिकारलाई सम्मानित ढंगले नबुझ्दासम्म हाम्रो रगत बगि नै रहने छ । जनतासंग गरेको वाचालाई धोका दिनु अहिलेको मुख्य घटना हो । अब संसदीय बाटो बाट कुनै समस्या समाधान हुने अबस्था छैन त्यसैले उत्तरसाम्राज्यवाद विरुद्ध सम्पूर्ण नेपाली जनताले राष्ट्रिय स्वाधिनताको लडाइ लड्नुपर्ने अनिवार्य आवश्यकता बनिसकेको छ । राष्ट्रिय स्वाधीनताका लागि अब नेपाली जनताले आवश्यकता अनुसार युध्द लड्न तयार हुनु पर्ने बेला भै सकेको छ ।

(लेखक ओली,हाल मलेसियामा कार्यरत रहेका छन । उनी नेपाली जनप्रगतिशिल मोर्चा,मलेसियाका नेता समेत हुन ।)