कञ्चनपुरमा भारतीय प्रहरीको ज्यादतीः नेपाली भूमिमै प्रवेश गरेर कुपपिट गरे

अवस्था तनाव ग्रस्त

कञ्चनपुर,फागुन २६। कञ्चनपुरको आनन्द नगरमा नेपाललीहरुले कल्भर्ट बनाउदा भारतीय सीमा प्रहरी बल एसएसबीले उक्त क्षेत्र भारतमा पर्ने भन्दै काम रोक्न भम्की दिएपछि भएको विवाद झडपमा परिणत भएको छ ।

उक्त विवादले उग्ररुप लिदा हिजो साझँ भारतीय प्रहरीहरु नेपाली भूमिमा प्रवेश गरेर स्थानीय नेपाली नागरिकहरुलाई कुटपिट समेत गरेका थिए । उक्त कुटपिटको विरोधमा आज विहानैदेखि नेपालीहरुले सीमाबर्ति नाकामा बन्द गराएपछि त्यहाको अवस्था गम्भिर बनेको छ ।

कञ्चनपुर प्रहरीले हरपल नेपालसँग कुरा गर्दै भन्यो–‘सीमाबर्ति बजारको नाकामा आज बिहान स्थानीय नागरिकले हिजो साँझ भारतीय प्रहरीले नेपालीलाई कुटपिट गरेको भन्दै अबरोध गरेका थिए, त्यपछि , उनीहरुमाथी भारतीय प्रहरीले कुटपिट गरेपछि त्याहाँ झडपको अवस्था सिर्जना भएको हो । अहिले हामीले समन्वयन गरेर मिलाउने प्रयाश गरिरहेका छौ ।’

प्रहरीले थप घटना हुन नदिन सबैलाई संयमित हुन आग्रह गर्दै समस्याको समाधानका लागि भारतीय पक्षसँग नेपाल प्रहरीले समन्वयन गरिरहेको बताएको छ । प्रहरीका अनुसार अहिले त्यहाँ विवाद मिलाउने विषयमा छलफलको वातावरण तय हुदैँछ ।

नेपालीहरुले सीमा बन्द गराएर बिहान ९ बजेदेखि विरोध प्रर्दशन गरिराखेका छन । उनीहरुले भारतीय हस्तक्षेपको विरोधमा नाराबाजी समेत गरिरहेका छन ।