युवतीलाई गैरकानुनी थुना किन ?

काठमाडौं,फागुन २६ । अध्यागमन विभागको हिरासतमा एक विदेशी नागरिकलाई १० दिनदेखि गैरकानुनी थुनामा राखेको छ । स्वीट्जरल्यान्ड सरकारले फिर्ता (डिपोर्ट) गरेकी एक तीब्बती युवतीलाई अध्यागमन विभागले १७ फागुनदेखि गैरकानुनी ढंगले हिरासतमा रखेको हो ।

ती तीब्बती युवतीले दोलखा जिल्ला प्रशासनबाट नक्कली नागरिकता र त्यसको आधारमा राहदानी विभागबाट राहदानी लिएकी थिइन् ।

उनले बयानमा दोलखाबाट जारी भएको आफ्नो नागरिकता नक्कली भएको स्विकारेकी छन् । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।