बालुवाटारमा प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै

सप्तरी घटनाको समिक्षा लगाएतका विषयमा छलफल हुने

काठमाडौं,फाल्गुन २५ । सप्तरीमा भएको घटनापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिबारे अहिले प्रमुख तीन दलका शिर्ष नेताहरुबीच बैठक भैरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु सहभागी रहेका छन ।

दलहरुले सप्तरीमा भएको घटनाको समीक्षा गर्दै समसामयिक राजनीतिक परिश्थितीको विषयमा छलफल गर्न लागेको बालुवाटार श्रोतले जनाएको छ । प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक भर्खरै बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीले सप्तरी घटनापछि तराईमा आन्दोलन गरिरहेको मधेशी मोर्चासँग पनि आज बिहान छलफल गरेका थिए । मोर्चाले घटनाको छानबिन गरी दोषिलाई कडा सजाय हुने पर्ने लगाएतको माग अघि सारेको छ ।

मोर्चासँगको वार्तापछि प्रधानमन्त्रीले अहिले तीन दलका शिर्ष नेताहरुसँग उठका विषयहरुको समाधान खेज्न उक्त बैठकको आयोजना गरेको खुल्न आएको छ ।

तराईका अधिकाशं जील्लाहरुमा मोर्चाको बन्दका कारण जनजीवन प्रभावीत भएको छ । उनीहरुले ठाउँ ठाउँमा बन्द गरिराखेका छन ।